पोखरा, जेठ २२
विश्व वातावरण दिवसको अवसरमा नागरिक समाज कास्कीले जलारी समुदायको सहयोगमा विहीबार फेवातालको सिरान क्षेत्रमा सरसफाई गरेको छ । नागरिक समाज कास्कीले जलारी समुदायसँगको सहकार्यमा फेवातालको सिरान क्षेत्र खपौंदीस्थित प्रतिक्षालयदेखि प्याराग्लाईडिङ ल्याण्डिङ जोनसम्मको करीब ७ सय मिटर क्षेत्रमा प्लाष्टिक जन्य पदार्थ भेला पारेर व्यवस्थापन गरेको नागरिक समाज कास्कीका संस्थापक अध्यक्ष रामबहादुर पौडेलले जानकारी दिएका छन् ।

सो अवसरमा फेवातालमा माछाको भुरा छाड्ने कामपनि गरिएको उनले जनाएका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर–१८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाको नेतृत्व, बृहद जलाधार व्यवस्थापन केन्द्र पोखराको सहयोग एवम् विभिन्न संघसंघको सहभागितामा कार्यक्रम गरिएको उनले बताए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







