पोखरा, जेठ २५
गण्डकी प्रदेशमा आइतबार देखि म जिम्मेवार चालक अभियान शुरु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयको आयोजनामा ट्राफिक सप्ताह अन्तर्गत आईतबारदेखि ‘जिम्मेवार चालक म !, जिम्मेवार यात्रु हामी, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ अभियान सञ्चालन भएको हो । अभियानको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुभारम्भ गरेका थिए ।
अभियानको उद्घाटनअघि पोखराको मानव अधिकार चोकबाट प्रभातफेरीसहितको र्याली निकालिएको थियो । विद्यार्थी, यातायाता व्यवसायी, यातायात संम्बद्ध मजदुर, सुरक्षा निकाय एवंं विभिन्न सरोकारवाला सहभागी र्योली चिप्लेढुंगा, न्युरोड हुँदै सभागृहमा पुगेर औपचारिक शुभारम्भ समारोहमा परिणत भएको हो ।
सवारी दुर्घटना न्युनिकरणका लागि जनचेतना जगाउन ट्राफिक सचेतना सप्ताह सुरु भएको छ । ट्राफिक सप्ताहको एक समारोहका बीच गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुभारम्भ गरेका हुन् । ट्राफिक सचेतना सप्ताह शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले राइड सेयरिङ नियमावली सवारी व्यवस्थापनकै लागि ल्याइएको दाबी गरे ।
नियमावलीमा यातायात व्यवसायीसहित सरोकारवालाको सरोकार समेट्न र परिमार्जन गर्न प्रदेश सरकार तयार रहेको भन्दै उनले सबै समस्याको सामाधान वार्तामा बसेर निकालिने समेत बताएका छन् । पोखरा महानगरका प्रमुख धनराज आचार्यले सवारी दुर्घटना न्युनिकरणका लागि पोखरा महानगरको तर्फबाट गर्नुपर्ने कार्यगर्न महानगर प्रतिवद्ध रहेको बताए ।
उनले विगतमा छाडा चौपायका कारण सवारी दुर्घटना धेरै नै हुनेगरेको भन्दै विगत दुई वर्षदेखि छाडा चौपायाका कारण एउटा पनि सवारी दुर्घटना नभएको दाबी गरे । अब भुस्या कुकुर व्यवस्थापनमा पोखरा महानगरले ध्यान दिने उनले बताए ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी दीनेश कुमार आचार्यको अध्यक्षतामा सम्पन्न ट्राफिक सप्ताह उद्घाटन समारोहमा गण्डकी प्रदेशका प्रमुख सचिव शोभाकान्त पौडेल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका गण्डकी प्रदेश संयोजक केदार पौडेल, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापा सोही कार्यालयका प्रहरी नायव उपरीक्षक गोपिकृष्ण सुवेदी लगायतले बोलेका थिए ।
ट्राफिक सप्ता विभिन्न जनचेतनामुलक कार्यक्रमसहित गण्डकी प्रदेशका ११ वटै जिल्लामा एक हप्तासम्म मनाइने कार्यक्रम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीकी प्रमुख शोभा पाण्डेले जानकारी दिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल परिवार नियोजन संघ कास्कीले यांैन तथा प्रजनन् स्वास्थ्य र परिवार नियोजनका…






