
पोखरा, जेठ २७
कास्कीका जनयुद्दकालीन माओवादी नेताहरु माओवादीमा फर्किएका छन् । नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीको अधिवेशनको उद्घाटन शत्रमा जनयुद्दकालीन माओवादी नेताहरु किरण थापा, राजु क्षेत्रीसहित १४ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । जनयुद्दकालीन माओवादी नेताहरु पार्टी विभाजनपछि बाबुराम भट्टराईको साथ लागेका थिए । तर वर्तमान परिप्रेक्षमा प्रतिक्रान्तिको खतरा बढ्न थालेकाले माओवादी आन्दोलनलाई साथ दिन आफूहरु माओवादी पार्टीमा फर्किएको उनीहरुले बताएका छन् ।

थापा नयाशक्तिका सचिवालय सदस्य थिए भने क्षेत्री कास्की जिल्ला अध्यक्ष थिए । क्षेत्री जनयुद्द कालमा ब्यारेक ब्रेकर हुन् । जनयुद्द कालमा पार्टी कामको शिलशिलामा पक्राउ परेका उनलाई धादिङको एक व्यारेकमा राखेका बेला उनीसहितका तत्कालीन माओवादी नेताहरुले व्यारेक ब्रेक गरेर पुनः पार्टीको काममा खटिएका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उनीहरुलाई खादा र माला लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।