
पोखरा, जेठ ३०
पोखरेली चर्चित ब्याण्ड डि–मर्चा भोलि शनिबार दुबईमा गुञ्जिने भएको छ । डि–मर्चा दुबईस्थित क्लव एसके सेभेनमा गुञ्जिने डि–मर्चाका गायक भाष्करध्वज श्रेष्ठले जानकारी दिए । सो क्लव दुबईस्थित कनकोर्डी क्रिक भ्यू होटल होटलको एम भ्यू फ्लोरमा रहेको छ । आरएस ईभेन्ट्सको आयोजनामा हुने कार्यक्रम शनिबार राती ८ बजेदेखि शुरु भएर ३ घण्टाचल्ने चल्ने उनले बताए ।

प्रस्तुतीका लागि डि–मर्चा दुबई पुगिसकेको छ । शुक्रबार विहान ५ बजेको फ्लाईटबाट डि–मर्चाका चार जना सदस्य नै दुबई पुगेको व्याण्डले जनाएको छ ।
कार्यक्रममा डि–मर्चाले ‘कैलाशैमा शिवजीको बस्ती छ, प्रभूजीलाई मस्ती छ’ झ्याम्म झ्याम्म, झ्याम्मै चौतारी, यो डल्लीले हो मानिन जान, हिंडे म त हतार हतारमालगायतका एक दर्जन चर्चित गीतहरु गुञ्जाउने व्याण्डका भोकलिष्ट श्रेष्ठले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।