पोखरा । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारले गण्डकी प्रदेशका विभिन्न स्वास्थ्य संस्थाहरूलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ।
पोखरामा आयोजित एक विशेष कार्यक्रममा पेन्सन कार्यालय पोखराका प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बगेलले सम्बन्धित स्वास्थ्य संस्थाका प्रतिनिधिहरूलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरे।
कार्यक्रममा बोल्दै बगेलले नेपाल–भारत सम्बन्ध छिमेकी राष्ट्रको मात्र नभई पारिवारिक सम्बन्ध भएको उल्लेख गर्दै, “एम्बुलेन्स हस्तान्तरण हाम्रो दुई देशबीचको मित्रताको सशक्त प्रतीक हो,” भने।
कुन संस्थाले पाए एम्बुलेन्स?
पेन्सन कार्यालय पोखराका जनसम्पर्क अधिकारी भूषण पाण्डेका अनुसार, गण्डकी प्रदेशका सातवटा स्वास्थ्य संस्थालाई एम्बुलेन्स प्रदान गरिएको हो। तनहुँ जिल्लामा म्याग्दे गाउँपालिकास्थित मनपाङ हेल्थ पोस्ट र आँबुखैरेनी अस्पतालले एम्बुलेन्स पाएका छन्। गोरखा जिल्लामा गोरखा जिल्ला अस्पताल र गोरखा नगरपालिका वडा नम्बर ६ लाई एम्बुलेन्स प्रदान गरिएको छ। त्यस्तै, पर्वत जिल्लाको आर्थर डाँडाखर्क हेल्थ पोस्ट, स्याङजाको गल्याङ नगर अस्पताल र म्याग्दीको बेनी अस्पतालले पनि एम्बुलेन्स प्राप्त गरेका छन्।
वितरणको आधार :
बगेलका अनुसार, एम्बुलेन्स वितरण स्वास्थ्य संस्थाको सेवा क्षेत्र, जनसङ्ख्या र ती क्षेत्रका पूर्व भारतीय सैनिक तथा पेन्सनधारकहरूको संख्याका आधारमा गरिएको हो।
यस किसिमका सहकार्यले नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै उनले भविष्यमा पनि यस्ता सहयोगका कार्यक्रमहरू निरन्तर रहने जानकारी दिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







