नेकपा माओवादी केन्द्र पोखरा अध्यक्षमा भण्डारी


     एभरेस्ट आवाज    
     असार १ गते २०८२ मा प्रकाशित




पोखरा, असार १

नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटी अध्यक्षमा हरिप्रसाद भण्डारी निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीको अधिवेशन अन्तर्गत आईतबार भएको निर्वाचनमा जनकराज पराजुलीलाई १६ मतान्तरले पराजित गर्दै भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन् । महानगर कमिटीमा रहेका ८६ सदस्य नै मतदाता रहेकोमा निर्वाचित अध्यक्ष भण्डारी ५१ मत प्राप्त गर्दै निर्वाचित भए । उनका प्रतिष्पर्धी जनकराज पराजुलीले ३५ मत प्राप्त गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।