पोखरा–३१ खोलाबेसीमा झोलिएको नाङ्गो तारमा करेन्ट लागेर गाईको मृत्यू


     एभरेस्ट आवाज    
     असार २ गते २०८२ मा प्रकाशित




पोखरा, असार २

नेपाल विद्युत प्राधिकरणको चरम लापवारवाहीका कारण राष्ट्रिय जनावर गाईको मृत्यू भएको छ । प्राधिकरणले महिनौंसम्म नाङ्गो तार व्यवस्थापन नगर्दा पोखरा महानगरपालिका वडा नम्बर–३१ खोलावेसीमा सोहि नाङ्गो तारमा करेन्ट लागेर स्थानिय नेत्रप्रसाद बरालले पालेको गाईको मृत्यू भएको हो ।

विद्युतको तार झोल्लिएर रहँदापनि नेपाल विद्युत प्राधिकरणले व्यवस्थापन नगरेपछि स्थानियले गत जोठ ११ गते नै तार व्यवस्थापन गरिदिन भन्दै प्राधिकरणलाई निवेदन दिएका थिए । स्थानिय कृष्णराज आचार्य र सुमन सुवेदीले संयुक्त रुपमा झोल्लिएको तार व्यवस्थापनका लागि आग्रह गर्दै नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्र, तालचोकमा निवेदन दिएका हुन् । निवेदनमा तार झोल्लिएर बसेको र त्यसले स्थानिय पदमराज सुवेदीको घरसमेतलाई क्षेती पुग्नसक्ने भन्दै ततकाल व्यवस्थापन गर्न माग गरिएको थियो ।

तर निवेदन दिएको करीब एक महिनासम्म प्राधिकरणले बेवास्ता गर्दै झोल्लिएको तार व्यवस्थापन नगरिदिदा सोहि तारमा करेन्ट लागेर गाईको मृत्यू भएको स्थानिय जनप्रतिनिधि देवेन्द्रराज अधिकारीले बताए । नाङ्गो तारको तत्काल व्यवस्थापन गर्नका लागि आग्रह गर्दापनि प्राधिकरणले बेवास्ता गर्नेगरेको उनको भनाई छ । प्राधिकरणको त चरम लापरवाही नै छ,उनले भने,‘पटक पटक आग्रह गर्दापनि व्यवस्थापनमा ध्यान दिइएन । यसले त मान्छेकै ज्यानपनि जाने खतरा छ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।