वडाध्यक्ष शाहीको आग्रह : कुकुर सुचिकृत गरि सुरक्षित रहनुहोस


     एभरेस्ट आवाज    
     असार ८ गते २०८२ मा प्रकाशित




गण्डकी, ८ असार

पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले कुकुर वडा कार्यालयमा सुचिकृत गरि रेविजको सुई लगाएर सुरक्षित रहन वडावासीलाई आग्रह गरेकी छन् ।
सनराईज टोल विकास संस्था पोखरा १७ को दोश्रो बार्षिक साधारण सभाको आज उद्घाटन गर्दै उनले वडामा सुचिकृत भएका घरपालुवा कुकुरलाई वडाले निशुल्क रेविजको सुई लगाउने व्यवस्था गरेको जानकारी दिईन् ।
वडामा दर्ता शुल्क सय रुपैया लाग्ने गरेको बताउँदै उनले सुचिकृत भएका कुकुरलाई ुपशुसेवा केन्द्रमार्फत रेविजको सुई लगाउदै आएको बताईन् । शोखका लागि घरमा पालिएका कुकुरलाई बाटोमा लगेर फोहोर गराउनेलाई कार्वाही गरिने उनको भनाइ थियो । पशुसेवा केन्द्र छोरेपाटनमा हालसम्म ५० वटा मात्र घरपालुवा कुकुर दर्ता भएका छन् ।
गत आर्थिक बर्षमा वडाले सञ्चालन गरेको कुकुर दर्ता अभियानबाट ५० वटा घरपालुवा कुकुर दर्ता भएको भएपनि यस बर्ष भने थप नभएको पशुसेवा केन्द्र छोरेपाटनले जनाएको छ ।
सिमीत श्रोत र साधनका वावजुद पनि वडाको समग्र विकासमा जुट्दै आएको बताउँदै वडाअध्यक्ष योगीले भने, जनसंख्याको आधारमा सवै भन्दा ठूलो र बसाई सराईको अत्याधिक चाप भएको यस वडावासीका कतिपय अपेक्षा पुरा गर्न सकिएको छैन ।
टोल विकास संस्थाका अध्यक्ष प्राणनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य द्वय विक्रम गुरुङ, विष्णुमाया थापा, सनराईज आमा समुहका सचिव गंगा प्रधान,सन्दीप पराजुली, अर्जुन बहादुर बराल, लक्ष्मी थापा, महेन्द्र कुँवर लगायतले टोल छिमेकको विकास निर्माणमा संस्थाले खेल्दै आएको भूमिकाका वारेमा प्रकाश पारेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।