
पोखरा, असार ८
पूर्व राष्ट्रसेवक तथा नागरिक संघ नेपालको अध्यक्षमा चेतबहादुर रावल (प्रविन) चयन भएका छन । संघको प्रथम अधिवेशनले रावलको अध्यक्षतामा नया कार्य समिति चयन गरेको हो ।
समितिको बरिस्ठ उपाध्यक्षमा गंगा हमाल, प्रथम उपाध्यक्षमा रामचन्द्र पराजुली, द्वितीय उपाध्यक्षमा गङ्गा बराल, महासचिवमा चन्द्रबहादुर भुजेल, सचिवमा सुन्दर शर्मा, सहसचिवमा मुक्तिप्रसाद शर्मा र कोषाध्यक्षमा अप्सरा बराल चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा रुपा गुरुङ, रामकृष्ण श्रेष्ठ, सृजना खवास, सीता थारु, शेरबहादुर क्षेत्री चयन भएका छन् ।
यसअघि संघको अधिवेशनको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले उद्घाटन गरेका थिए । कार्यक्रममा पूर्व राष्ट्रसेवक तथा नागरिक संघ नेपालका संरक्षक शिवप्रसाद न्यौपाने, भीमकुमारी गर्बुजा पुन, सोमलाल कँडेललगायत सहभागी भएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।