पोखरा, १४ असार ।
थमन परियार स्मृति प्रतिष्ठानको आज शनिबार सम्पन्न एघारौं साधारण सभा तथा छैठौँ अधिवेशनबाट शम्भु खातीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
अधिवेशनबाट उपाध्यक्षमा यज्ञ प्रसाद तिवारी, सचिवमा सन्तोष परियार, कोषाध्यक्षमा संगिता सुनाम निर्वाचित भएका छन् भने सदस्यहरुमा राजु परियार, बिन्दु परियार, सरस्वती परियार निर्वाचित भएका छन् । साथै उक्त कार्यसमितिले सह-सचिव र तीन सदस्य पहिलो बैठकबाट मनोनित गर्ने नवनिर्वाचित सचिव सन्तोष परियारले जनाएका छन् ।
गण्डकी प्रदेश सांसद दम्यन्ती रुचालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष गोपाल मणि लामिछानेले गरेका थिए भने संचालन अर्जुन मल्लले गरेका थिए । कार्यक्रम पोखरा – २६ बुढीबजार स्थित होराइजन कटेजमा सम्पन्न भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







