१५ असार ।
बेगनासको अवस्थित श्री आनन्द ज्योति माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सहभागी सत प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । पोखरा ३१ बेगनासमा रहेको सामुदायिक विद्यालय श्री आनन्द ज्योती मा.बि. बाट राष्ट्रिय परीक्षा बोर्डद्वारा लिईएको एसईई (SEE) परिक्षा २०८१ मा सहभागी भएका सत प्रतिशत विद्यार्थी उत्तिर्ण गराउदै विद्यालयले नयाँ इतिहास रच्न सफल भएको छ । यस विद्यालयबाट शैक्षिक बर्ष २०८१ को एसईई परिक्षमा सहभागी भएका नियमित तर्फका १६ जना र ग्रेड वृद्धि तर्फका १ जना विद्यार्थी राम्रो जीपिए सहित उत्तिर्ण भएपछि विद्यालयले नयाँ इतिहास रचेको प्रधानध्यापक शिबराज अधिकारीले बताए । जसमध्ये ३.६ देखि ४.० जिपिए अर्थात A+ ल्याउने ५ जना, ३.२ देखि ३.६ जिपिए अर्थात A ल्याउने ८ जना र २.८ देखि ३.२ जिपिए अर्थात B+ ल्याउने ३ जना विद्यार्थी सहित १६ जना र एक जना ग्रेड वृद्धिमा सहभागी विद्यार्थी पनि राम्रो ग्रेडका साथ उत्तीर्ण भएको प्रधानाध्यापक अधिकारीले जानकारी दिए । राम्रो नतिजा सहित सत प्रतिशत बिद्यार्थी उत्तिर्ण भएर नयाँ इतिहास रच्न सफल भएकोमा खुसी व्यक्त गर्दै बिद्यालयले सम्पूर्ण विद्यार्थीहरू, शिक्षक एवं कर्मचारीहरू, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी एवं सदस्यहरु, शिक्षक अभिभावक संघका पदाधिकारी एवं सदस्यहरु, भू.पू विद्यार्थी मञ्च परिवार, अभिभावक तथा शुभचिन्तकहरुका साथै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैमा कृतज्ञता प्रकट गरेको छ । यो नतिजाले सामुदायिक र संस्थागत विद्यालय विचमा जनमानसमा रहेको अविश्वासको खाडललाइ पुर्न महत्वपूर्ण भूमिका खेल्ने विद्यालयले विश्वास ब्यक्त गरेको छ । यो नतिजा विद्यालयको मात्र नभई समग्र बेगनास र यस विद्यालयमा अध्ययन गरेका भू.पू. विद्यार्थीहरू एवं सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि पनि गर्वको विषय बनेको विद्यालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिकाको प्रथम अधिवेशनबाट योगेन्द्रबहादुर केसी सभापतिमा निर्वाचित…







