कास्कीको मर्दीखोलाले जलसतह सतर्कता तह पार गर्यो, तटीय क्षेत्रमा सावधानी अप्नाउन अपिल


     एभरेस्ट आवाज    
     असार १५ गते २०८२ मा प्रकाशित




पोखरा, असार १५

कास्कीको माछापुच्छ«े गाउँपालिका लाहाचोकस्थित मर्दी खोलाले जलसतह सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागले आज आईतबार साँझ ५ः३० बजे पानीको सतह मापन गर्दा जलसतह सतर्कता तह अर्थात तीन दशमलव चार मिटर भन्दा माथि पुगेको जनाएको हो । अविरल वर्षापछि जलसतह बढेको विभागले जनाएको छ ।

यसैबीच विभागले मर्दीखोला तटीय क्षेत्रका नागरिकहरूलाई सावधानी अपनाउन अपिल गरेको छ । विभागले आज साँझ एक सूचना जारी गर्दै मर्दी खोला किनारमा बसोबास गर्ने स्थानियहरुलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो ।

माछापुच्छ«े–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले मर्दीको तटिय क्षेत्रका नागरिकहरुलाई सुरक्षित रहनका लागि अपिल गरिएको बताए । दिउँसोदेखी निरन्तर भारी वर्षा भइरहेको छ,उनले भने,‘यसले मर्दीको जलसतह सतर्कता तह पारेको छ । त्यसैले खोला किनारमा खेतीपाती गर्ने, माछा मार्ने वा बालुवा–गिटी संकलन नगर्न तथा जोखिम महसुस भएमा तत्काल वडा कार्यालय वा नजिकको प्रहरीलाई खबर गर्न स्थानीयलाई भनेका छौँ ।’

कास्कीको माछापुच्छ«े गाउँपालिका भएर बग्ने मर्दी खोला सेती नदीको मुहान क्षेत्र हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।