नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की शाखाको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा बिहिबार पोखरामा आयोजित भाषा, कला र संस्कृति संरक्षणमा पत्रकारिताको भूमिका बिषय गोष्ठी सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको प्रमुख आतिथ्यता गर्दै पोखरा महानगरपालिकाका प्रवक्ता एवं पोखरा महानगरपालिका वडा नं २५ का वडा अध्यक्ष मोतीलाल तिम्सिनाले आदिबासी जनजातिहरुको भाषा, कला र संस्कृति संरक्षण अभियानका लागि पोखरा महानगरको सधैँ तत्पर रहेको बताउनुभयो । उहाँले फोनिजकर्मी पत्रकारहरु र विभिन्न आदिबासी संघसंस्थाको बृहतरको लागि महानगरले सधै सहकार्य र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका सचिवालय प्रमुख पूर्ण हेल्मोले आदीबासी जनजातिको पहिचान स्थापित गराउनका निम्ति गरिएको संघर्षको व्यवहारिक रुपमा कार्यान्वयन गराउनु आजको चुनौती रहेको बताउनुभयो ।
फोनिज कास्कीका सल्लाहकार एवं तमु धिं नेपालका अध्यक्ष हुम गुरुङले भाषा, कला र संस्कृतिको संरक्षणमा स्थानिय तहदेखि राज्य संयन्त्र सबैको भूमिका महत्वपूर्ण रहेको बताउनुहुदै मातृभाषाको संरक्षण, कलाको सम्मान र संस्कृतिको जर्गेनामा एकताको खाँचो रहेको बताउनुभयो ।
त्यस्तै नेपाल आदिबासी जनजाति गण्डकी प्रदेश समन्वय समितिका प्रतिनिधितथा कुमाल समाज कास्कीका अध्यक्ष चेत बहादुर कुमालले आदिवासी जनजातिका मुद्धामा सबै चनाखो भएर लाग्न आवश्यक रहेको भन्दै यस्ता गोष्ठीले आदिवासी जनजातिको सवाललाई मार्गदर्शक गर्ने बताउनुभयो ।
तमु धिं नेपाल केन्द्रिय सदस्य तथा भाषा संस्कृति संयोजक कृष्ण कुमार गुरुङले आदिवासी जनजातिको विगत र वर्तमान अवस्थाको बारेमा उल्लेख गर्नुभयो । उहाँले आदिवासी जनजाति संघसंस्थाहरुलाई आफ्नो भाषा, कला र संस्कृति संरक्षणमा एकजुट भएर लाग्नु आजको आवश्यकता रहेको बताउनुभयो ।
सो गोष्ठिमा भाषा, कला र संस्कृति संरक्षणमा पत्रकारिताको भूमिको बारेमा तमु धिंका केन्द्रिय महासचिव एवं अधिवत्ता जुना कुमारी गुरुङले प्रशिक्षण दिनुभएको थियो । उहाँले नेपालमा आदिबासी, जनजातिहरुको भाषा, कला र संस्कृति संरक्षणमा पत्रकार, संघसंस्थाहरुलाई भाषागत र सांस्कृति चुनौति, सामाजिक विभेद, लगायतका बिषयमा आफ्नो प्रस्तुतीकरण दिनुभयो ।
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीका अध्यक्ष विना कुमारी थापाको अध्यक्षतामा सम्पन्न सो गोष्ठिमा फोनिज केन्द्रिय सचिव एवं खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था मगर, फोनिज गण्डकीका उपाध्यक्ष धन बहादुर गुरुङ (सुमन), अग्रज पत्रकार रविन्द्र माकाजु, फोनिज कास्कीका निवर्तमान अध्यक्ष एवं सल्लाहकार दिलप्रसाद गुरुङ, सल्लाहकार उदय बहादुर अमात्य, तमु धिं नेपालका प्रथम उपाध्यक्ष गिमाया गुरुङ, शान्ति दर्शन महिला समुह नयाँबजारका अध्यक्ष जगन गुरुङ लगायत विभिन्न आदिवासी जनजाति संघसंस्थाका प्रतिनिधिहरु एवं कास्कीका पत्रकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य फोनिज कास्कीका उपाध्यक्ष सुशील श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव देविका तामाङले गर्नुभएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







