
पोखरा, असार २१
पोखरामा जारी अन्तर कलेज क्रिकेट लिग कप–२०८२ मा पश्चिमाञ्चल ईञ्जिनियरिङ क्याम्पस (डब्लुआरसी) र पोखरा विश्वविद्यालय (पियु) बिजयी भएका छन् । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना तथा कंगारु एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा पोखराको लेखनाथस्थित ईडन हेभन क्रिकेट मैदानमा जारी प्रतियोगितामा शनिबार डब्लुआरसी जनप्रिय बहुमुखी क्याम्पस (जेएमसी)लाई र पियु गण्डकी विश्वविद्यालय (जियु)लाई पराजित गर्दै बिजयी भएका हुन् ।
प्रतियोगिता अन्तर्गत आज भएको लिग चरणको तेस्रो खेलमा डब्लुआरसी जेएमसीलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै बिजयी भयो । वर्षाका कारण १३ ओभरमा घटाइएको खेलमा टस जितेर डब्लुआरसीले फिल्डिङ लिएपछि व्याटिङमा आएको जेएमसीले ६ विकेटको क्षेतीमा ५२ रन बनायो । जेएमसीका लागि दोर्जे लामाले सर्बाधिक १० रनको योगदान दिए । अन्यले दोहोरो अंक छुन सकेनन् । डब्लुआरसीको आकाश सुवेदी उपेन्द्रराज जोशीले कसिलो बलिङ गर्दै २÷२ हत्याए ।
दोस्रो ईनिङ शुरु गर्न वर्षाका कारण ढिलाई भएपछि खेल ५ ओभरमा छोट्याउँदै २७ रनको लक्ष्य निर्धारण गरियो । जसमा डब्लुआरसीले विष्फोटक व्याटिङ गर्दै १.४ ओभरमा बना क्षेती लक्ष्य पुरा ग¥यो ।
सो खेलमा डब्लुआरसीका उपेन्द्रराज जोशी प्लेयर अफ दी म्याच घोषित भए ।
शनिबार नै भएको अर्को खेलमा पोखरा विश्वविद्यालय (पियु)ले गण्डकी विश्वविद्यालय (जियु)लाई ४० रनले पराजित ग¥यो । वर्षाका कारण १६ ओभरमा घटाइउको खेलमा जियुले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको पियुले ६ विकेटको नोक्सानीमा १६१ रन बनायो । १६२ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको जियुले ११ ओभरमा ३ विकेटको क्षेतीमा ३६ रन बनाउँदा पुनः वर्षा भएपछि खेल अबरुद्द भयो । लामो समयसम्म निरन्तर वर्षा भइरहेपछि डिएलएस मेथर्डबाट पियुलाई ४० रनले बिजयी भएको घोषणा गरिएको आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । सो खेलमा पियुका सुवास बास्तोला प्लेयर अफ दी म्याच घोषित भए ।
असार २४ गतेसम्म जारी रहने प्रतियोगिताको बिजेताले नगद ३० हजारसहित ट्रफी तथा उपबिजेताले नगद १५ हजारसहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर तथा हरेक खेलमा प्लेयर अफ दी म्याच घोषणा गरी ट्रफी प्रदान गरिने उनले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।