प्रथम प्रगति एसई.ई. कप छात्रतर्फको उपाधि मुखिया समूहलाई

- छात्र बास्केटबलको उपाधि मर्दीखोलालाई


     एभरेस्ट आवाज    
     असार २२ गते २०८२ मा प्रकाशित




पोखरा

प्रथम प्रगति एस.इ.इ. कपको छात्र फुटबलको उपाधि मुखिया समुहले उचालेको छ। एस इ इ परीक्षा दिएर बसेका विद्यार्थीलाई केन्द्रित गरी पोखराको बाटुलेचौरमा रहेको प्रगति सेकेण्डरी स्कुलले पहिलो पटक आयोजना गरेको खेल प्रतियोगिता अन्तर्गत छात्र फुटबलको उपाधि मुखिया समुहले उचालेको हो। प्रतियोगितामा भलाम बि दोस्रो भएको छ । प्रतियोगितामा १६ टिमले सहभागिता जनाएको आयोजकले जनाएको छ ।
८ टिमले सहभागिता जनाएको छात्र बास्केटबलमा मर्दीखोला समुह प्रथम र अन्नपूर्ण कास्की समुह दोस्रो भयो । छात्रा बास्केटबलमा अमिची समुह प्रथम र मर्दीखोला समुह दोस्रो भएको संयोजक दिवस अधिकारीले जानकारी दिए।
विजयी टिमलाई कास्की जिल्ला ह्याण्डबल संघका अध्यक्ष चित्रबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका सदस्य यम कार्कीले नगद सहित मेडल र ट्रफी प्रदान गरे । विभिन्न चरणमा भएको खेलको संचालन अफिसियल सुवास गुरूङ,ज्ञान पुन, दिपेन्द्र घर्ती,इशान गुरुङ,निकेश गुरुङ,प्रलेक्स गुरूङ विद्यालयका खेल प्रशिक्षक दिनेश श्रेष्ठ , पुर्णमान गुरुङ,दिवस अधिकारी र सुरज देवकोटाले गरेका थिए।

पुरस्कार वितरणको औपचारिक कार्यक्रममा बोल्दै संघका अध्यक्ष चित्रबहादुर थापाले विद्यालय तहबाटै विद्यार्थीलाई खेलकुदका क्षेत्रमा लगाउन सके मात्र देशले योग्य खेलाडी पाउने बताए। विद्यालय व्यवस्थापन समितिका सदस्य यम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत दिवस अधिकारी र संचालन सहायक कार्यालय प्रशासक विनोद भुजेलले गरेका थिए ।

विद्यालयले एस इ इ कपलाई प्रत्येक वर्ष निरन्तरता दिने जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।