पोखरा, असार २३
लायन्स क्लब अफ पोखराले पोखरा महानगरपालिका वडा नम्बर ७ स्थित नीलसागर सेवा आश्रममा खाद्यान्न तथा सरसफाई सामग्री वितरण गरेको छ। क्लवले सेवा सप्ताहको अवसरमा आश्रममा बसोबास गरिरहेका आमा, बुबाहरुलाई लक्षित गरेर अत्यावश्यक खाद्यान्न र सरसफाई सामग्री प्रदान गरेको हो।

कार्यक्रम संयोजक लायन होमनाथ बास्तोला र लायन बिक्रान्त ताम्राकारको सौजन्यमा आश्रममा सामग्री उपलब्ध गराइएको क्लबले जनाएको छ।
क्लबका अध्यक्ष लायन देबेन्द्र नकर्मीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस कार्यले आश्रमका बासिन्दालाई राहत मिल्ने विश्वास व्यक्त गरे । उनले यस्ता सामाजिक सेवालगायतका कार्यक्रम क्लवले आगामी दिनमापनि निरन्तरता दिने प्रतिबद्धता जनाए।

कार्यक्रममा मल्टिपल कोर्डिनेटर लायन योगेन्द्र प्रधान, जोन चेयरपर्सन लायन डा.बुद्धी बहादुर थापा, डिस्ट्रीक्ट एडभाइजर लायन भेकेन्द्र कुमार श्रेष्ठ, डिस्ट्रीक्ट अफिसर लायन कृष्ण जिसी, नीलसागर आश्रमकी प्रतिनिधि तुलसा बीसी, क्लबका कार्यालय सचिव लायन श्यामप्रसाद सखी लगायत क्लबका पदाधिकारी तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम सञ्चालन क्लबका सचिव लायन रमेश थापाले गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा असोज २…





