पोखरा । पोखरा महानगरपालिका–९ मा रहेको सहारा बाल आधारभूत विद्यालयमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आज (मंगलबार) एक कार्यक्रमका बीच विभिन्न शैक्षिक तथा प्रविधि सामग्रीहरू हस्तान्तरण गरी समुद्घाटन गर्नुभएको छ। विद्यालयको स्तरोन्नति र प्रविधियुक्त शिक्षामा टेवा पुर्याउने उद्देश्यले विज्ञान प्रयोगशाला, प्रोजेक्टर, फर्निचर र साउण्ड सिस्टम प्रदान गरिएको हो।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयअन्तर्गत कास्की सामाजिक विकास कार्यालयबाट उपलब्ध रु २ लाख बराबरको विज्ञान प्रयोगशाला सामग्री, सहारा युकेका महासचिव क्याप्टेन पिताम्बर गुरुङको सहयोगमा खरिद गरिएको रु ५० हजारको प्रोजेक्टर, पोखरा महानगरपालिका शिक्षा महाशाखाबाट रु १ लाख बराबरको फर्निचर, र वडा नं ९ को रु ६० हजार सहयोगमा साउण्ड सिस्टम औपचारिक रूपमा विद्यालयलाई हस्तान्तरण गरिएको थियो । त्यस्तै, सनराइज ड्राइभिङ सेन्टरका सञ्चालक तथा समाजसेवी राजु लालचनले साउण्ड सिस्टम खरिदमा अपुग भएको रकम स्वरूप रु २० हजार थप सहयोग गरेका थिए।
मुख्य अतिथि मन्त्री विन्दु कुमार थापाले विद्यालयको भौतिक पूर्वाधार विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको भन्दै आगामी आर्थिक वर्षमा विद्यालयका लागि रु ५ लाखको थप बजेट विनियोजन गरिने जानकारी दिए। आवश्यक परेमा अझै रु ५ लाख थप सहयोग गर्ने प्रतिवद्धता पनि जनाए। मन्त्री थापाले आफ्नो दिवङ्गत सुपुत्र देवेन्द्र थापाको स्मृतिमा रु १ लाखको अक्षयकोष विद्यालयमा स्थापना गर्ने घोषणा गरे। साथै, अभिभावक शिक्षा जागरण कार्यक्रममा सक्रिय सहभागी बन्नसमेत अपिल गरे।
कार्यक्रमका विशेष अतिथि वडा अध्यक्ष दिपेन्द्र मर्सानीले विद्यालयप्रति सामाजिक उत्तरदायित्वका रूपमा वडा कार्यालय सक्रिय रहेको जनाउँदै सहयोगी दाताहरूलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवनप्रसाद रेग्मीले विद्यालयको भौतिक र शैक्षिक प्रगतिमा खुशी व्यक्त गर्दै अझ सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
विद्यालयका अध्यक्ष विक्रम थकालीले प्रमुख अतिथि लगाएत सम्पूर्णको गरिमामय उपस्थितिले कार्यक्रम सभ्य र भब्य रुपमा सफल भएकोमा सवैलाई धन्यवाद व्यक्त गर्दै दाताहरुलाई स्मरण गर्नु भयो । सोहि क्रममा प्रदेश सरकारले सरकार आएको ८ वर्षमा पहिलो पटक विद्यालयका लागी रातो कितावमानै वजेट विनियोजन हुनु सकरात्मक भएको बताउँदै सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयद्वारा सहारा क्लब पोखरालाई रकम विनियोजन गरेकोमा पनि मन्त्री लगायत प्रदेश सरकारलाई आभार प्रकट गर्नु भयो ।
विद्यालयकी प्रधानाध्यापक लोचना अधिकारीले स्वागत मन्तव्य ब्यक्त गर्दै विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर बालबालिकाका लागि यस्ता सहयोगहरूले भविष्य निर्माणमा टेवा पुगेको बताउनु भयो ।
विद्यालयका शिक्षक सुदिप कोइरालाले सञ्चालन गरेको कार्यक्रमा विद्यालयलाई बालमैत्री वनाउन टेलिभिजन हस्तान्तरण गर्ने दाता सपना गुरुङ र तातो चिसो सहितको पानी शुद्दिकरण यन्त्र प्रदान गर्ने अमर गुरुङलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्थानीय अभिभावक, विभिन्न संघसँस्थाका प्रतिनिधी,साहोगी संस्थाहरुको साथसाथै विद्यार्थी, शिक्षकहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३० गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६४ प्रतिशत…





