गगनकालिका सहकारीको रक्तदानमा ४२ युनिट रगत संकलन


     एभरेस्ट आवाज    
     असार २४ गते २०८२ मा प्रकाशित




पोखरा, २४ असार ।

गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५ औं स्थापना दिवसका अवसरमा आज आयोजना गरेको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् ।
रक्रदान कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले उद्घाटन गरेका थिए ।
कार्यक्रममा गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष किसान परियारले सहकारी पोखरा महानगरपालिकाका वडा नं २९, ३०, ३१, ३२ र ३३ मा सेवा क्षेत्र बनाइ कृयाशिल सहकारी भएको बताए ।
सहकारीका संस्थापक सचिव एवम् पूर्व अध्यक्ष मेघराज पौडेलले संस्था स्थापना यता भैरहेका कामको चर्चा गरे ।
सचिव गीता थापाले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष कमलबहादुर पुनले गरेका थिए भने सदस्य मनमाया पुनले सहकारीको सिद्धान्त वाचन गरेकी थिईन् ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका पराजुली, सदस्य भरत थापा, रक्तदाताका तर्फबाट रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, पूर्व रक्तदाता मोहनकुमार प्रधान, गगन महिला विकास सहकारी संस्थाका अध्यक्ष निशा पौडेल, गगनगौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बसन्तराज पौडेल लगायतले बोलेका थिए ।
सहकारीका कुल ७४० शेयर सदस्य रहेकोमा शेयर पुँजी चार करोड २६ लाख रुपैयाँ रहेको छ । सहकारीको कुल कारोबार १५ करोड रुपैयाँ भन्दा बढी रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।