पोखरा, असार २५
गण्डकी प्रदेशका जनताले पुरानै दलप्रति आशावादी भएको मत जाहेर गरेका छन् । पुरक एसियाले हिमाली जिल्लाहरु मनाङ र मुस्ताङबाहेक गण्डकी प्रदेशका ९ जिल्लामा सुशासन सम्बन्धी गरेको सर्वेक्षणमा उनीहरुले नया नेतृत्व आएमा पुरानै दलप्रति आशावादी हुने मत जाहेर गरेका हुन् । यदि नया नेतृत्व नआएमा भने नया दल वा स्वतन्त्र रोज्ने उनीहरुको चेतावनी मत सर्भेक्षणका क्रममा देखिएको पुरक एसियाले बुधबार पोखरामा पत्रकार भेटघाटमा सो सभेक्षण सार्वजनिक गरेको हो ।
पछिल्लो समय आम नागरिकमा पुराना दलहरुप्रति वितृष्णा रहेको भाष्य तयार छ । तर पुरक एसियाले गरेको सर्भेक्षणमा भने पुरानै दलहरुले नया नेतृत्व परिवर्तन गरे पुराना दलहरुबाटै आफूहरुले देशमा परिवर्तन सम्भव देखेको मत जाहेर गरेको अनुसन्धानकर्ता मध्येका एक तिलक पाठकले जानकारी दिए । त्यस्तो मत राख्ने ७२.८ प्रतिशत रहेको उनले बताए । भने,‘अहिलेका मूलधारका राजनीतिक दल र तिनका पुराना नेतृत्वसँग जनता असन्तुष्ट भए पनि ती दलले नयाँ र सक्षम नेतृत्व निर्वाचित गर्न सके ‘नयाँ’ र ‘पुरानो’ भन्ने विभाजनको भाषा आफैं बदलिन सक्छ ।’
सर्भेक्षणले ‘पुराना दल’ र ‘पुराना (उही) नेता’ भन्ने भाष्य खण्डित गरेको उनले बताए । सर्भेक्षणले ‘प्रणालीको संकट’ नभई ‘नेतृत्वको संकट’ भएको अभिमत जाहेर गरेको उनको भनाई छ ।
यति भन्दाभन्दै पनि पुराना दलहरूले गर्न नसकेको काम नयाँ दलहरूले गर्न सक्छन् भन्ने विश्वास ५६.६ प्रतिशतमा पाइएको अर्का अनुसन्धानकर्ता प्रेम सापकोटाले बताए ।
सर्भेक्षणमा पुराना दल सामाजिक सञ्जालमा बढी आलोचित छन् भन्ने ७९.८ प्रतिशत छन् भने नयाँ दल सामाजिक सञ्जालमा बढी प्रिय देखिन्छन् भन्ने ७३.३ प्रतिशत रहेको जनाइएको छ । तर नयाँ र पुराना दलबीच सरकारमा बसेर काम गर्दा खासै अन्तर देखिँदैन भन्नेको संख्या पनि ५०.६ प्रतिशत छ भने त्यसमा असहमत हुने २९.७ प्रतिशत छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १५ फ्लाई दुबईले पोखरा–दुबई उडान शुरु गरेसँगै पोखरेली पर्यटन…







