पोखरा, असार-२६
नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापती कृष्ण केसी पार्टीको साधारण साधारण सदस्यबाटै निलम्वित भएका छन् । उनलाई २०७९ सालको चुनावमा पाटीलाई असहयोग गरेको भन्दै पार्टी अनुशासन आयोगले ३ महिनाका लागि कारवाही गरेको हो ।
कास्की क्षेत्र नम्वर १ मा केसी उम्मेद्वारको दावेदार थिए ।
तर पार्टीले वर्तमान सभापती किशोरदत्त बराललाई टिकट दिएपछी विवाद छताछुल्ल भएको थियो ।
निर्वाचनमा बराल पराजित भएपछी केसीमाथि बराललाई हराएको आरोप लागेको थियो । उनीमाथि कारवाहीको माग गर्दै उजुरीपनि परेको थियो।
यसैबिच केसीले कारवाहीको प्रतिवाद गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म जहाँ रहे पनि कास्की जिल्लाको सामाजिक विकास र राजनीतिमा रहने नै छु । मैदान छोडेर भाग्ने छैन । जो जसले म पाटीमा नरहँदा आफू सुरक्षित ठान्नु भएको छ, उहाहरूसँग ०८४ मा भेटाैंला ।´ केसी कास्की काङ्ग्रेसमा प्रभावशाली नेताका रुपमा परिचित छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १५ फ्लाई दुबईले पोखरा–दुबई उडान शुरु गरेसँगै पोखरेली पर्यटन…







