सर्भेक्षण : वर्तमान गठबन्धन र सरकारप्रति गण्डकीका जनताको चरम असन्तुष्टि


     एभरेस्ट आवाज    
     असार २६ गते २०८२ मा प्रकाशित




पोखरा, असार २६

गण्डकी प्रदेशका जनताले राजनीति र सरकारप्रति चरम असन्तुष्ट रहेको जनाएका छन् । पुरक एसियाले गरेको सर्भेक्षणमा वर्तमान गठबन्धन सरकार र राजनीतिप्रति गण्डकीका जनताले चरम असन्तुष्टि जनाएका हुन् ।

अहिलेको सरकारप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्नको जवाफमा ८३.४ प्रतिशत जनताले असन्तुष्ट रहेको जनाएका छन् भने ८.४ प्रतिशत जनताले मात्रै सन्तुष्ट रहेको र ६.७ प्रतिशत जनताले भने सहमत वा असहमत दुबै नरहेको तथा ०.८ प्रतिशत जनताले थाहा छैन वा भन्न चाहन्न भन्ने अभिमत दिएका छन् ।

त्यस्तै, अहिलेको मुलुकको राजनीति सहि दिशातिर गइरहेको छ ? भन्ने प्रश्नमा गण्डकीका ८५.३ प्रतिशत जनताले असहमति जनाएका छन् । ८.४ प्रतिशत जनताले मात्रै सहमत भएको बताएका छन् भने तटस्थ जवाफ दिने ४.७ प्रतिशत र १.६ प्रतिशतले भन्न चाहन्न वा थाहा छैन भन्ने जवाफ दिएको अनुसन्धानकर्ता तिलक पाठकले जानकारी दिए ।

त्यस्तै, अहिलेको गठबन्धनप्रति कत्तिको आशावादी हुनुहुन्छ ? भन्ने प्रश्नमा ७४.८ प्रतिशतले आशावादी नरहेको अभिमत दिएका छन् । जसमा १५.६ प्रतिशतले आशावादी रहेको, ७.१ प्रतिशतले तटस्थ र २.५ प्रतिशतले भन्न चाहन्न वा थाहा छैन भन्ने अभिमत व्यक्त गरेको उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।