पोखरा । गैह्रापाटनस्थित कुमुदिनी होम्स माविले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरू तथा उनीहरूका अभिभावकहरूको लागि एक दिवसीय उत्प्रेरणामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयको होटल व्यवस्थापन, व्यवस्थापन तथा विज्ञान संकायमा भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजित उक्त कार्यक्रममा लोकप्रिय मोटिभेसनल स्पिकर डा. रविन कटवालले प्रेरणादायी सन्देश दिएका थिए।
डा. कटवालले चेतनाको दायरा विस्तार गर्दै जीवनमा अब्बल बन्न उत्प्रेरणा कार्यक्रमले सघाउने बताए। उनले जीवन परिवर्तन गर्न सकिने प्रेरक दृष्टान्तहरू प्रस्तुत गर्दै विद्यार्थी र अभिभावकहरूलाई शिक्षाको महत्वबारे सचेत गराएका थिए।
कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले २०८१ सालको एसईई परीक्षामा फोर जिपिए ल्याएकी छात्रा सलिना खत्रीलाई बार्षिकोत्सवको अवसरमा नगद तथा स्वर्ण पदकसहित सम्मान गरिने जानकारी दिए। उनले यस वर्ष ९ जिल्लाबाट विद्यार्थीहरू भर्ना हुन आएको उल्लेख गर्दै, लगनशीलता र कडा परिश्रममार्फत उज्ज्वल भविष्य निर्माण गर्न विद्यार्थीहरूलाई आग्रह गरे।
कार्यक्रममा मिसन नेपाल २०२४ की प्रतिस्पर्धी आस्मा कुमारी केसीको विशेष उपस्थिति रहेको थियो। त्यस्तै, विद्यालय व्यवस्थापन समिति सदस्य सरस्वती प्रतिक्षा, व्यवस्थापन संकाय संयोजक विकास ढुंगाना, विज्ञान संकाय संयोजक कृष्ण अधिकारी, र कक्षा १२ का विद्यार्थी अर्जुन विकलले समेत मन्तव्य दिएका थिए।

कार्यक्रमको सञ्चालन शिक्षक उमेश प्रसाद रेग्मीले गरेका थिए भने, विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम अन्तर्गत आकर्षक नृत्य प्रस्तुति समेत दिएका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईएका १०२ वटा शव मध्ये २१ जनाको पोस्टमार्टम…





