साउन ७ गते
पोखरामा नवजात शिशुको हत्या गरेको आरोपमा आफ्नै बुबा पक्राउ परेका छन् । पोखरा–१४ चाउथेमा गत असोज १३ गते साँझ साढे ५ बजे जेब्रा झोलाभित्र मृत भेटिएका नवजात शिशुको हत्या गरेको आरोपमा आफ्नै बुबालाई कास्की प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मृतक नवजात शिशुका बुबा नुवाकोटको बेलकोटगढी नगरपालिका–५ घर भई हाल पोखरा–९ नागढुंगा निवासी ३७ वर्षिय गोविन्द लामिछाने रहेका छन् ।
पुनः सन्तान लाभका लागि श्रीमतीलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी) ल्याएका बेला उनलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । श्रीमतीको उपचारका लागि साउन ४ गते अस्पताल ल्याएका बेला गत असोजमा आफ्नै नवजात शिशुको हत्या गर्ने लामिछाने नै भएको पहिचान भएपछि पक्राउ गरिएको प्रहरीको भनाई छ । अनुसन्धानमा लामिछानेले नै आफ्नो नवजात शिशुको हत्या गरेको पाइएपनि फरार रहेका थिए । तर अहिले अस्पताल आएका बेला पक्राउ गर्न सफल भएको प्रहरीको दाबी छ ।
त्यसबेला फलाटिनको कपडा र रातो–गुलाबी ब्लाङ्केटले बेरिएको अवस्थामा चाउथेस्थित पृथ्वी राजमार्गको छेउमा नवजात शिशु फेला परेको थियो । शवको पोष्टमार्टममा शिशुको टाउको र घाँटीमा चोटका कारण मृत्यु भएको प्रारम्भिक प्रतिवेदन आएपछि प्रहरीले अनुसन्धान गर्दा नवजात शिुशुको बुबाले नै हत्या गरेको प्रतिवेदन तयार भएको थियो ।
प्रहरीले लामिछानेलाई कर्तव्य ज्यान सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराई थप अनुसन्धान गरिरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







