सिटीवान टेलिभिजनले आयोजना गर्ने प्रदेश स्तरीय तीज गीत प्रतियोगिताको चौथो संस्करण आउँदो भाद्र ४ र ५ गते हुने भएको छ । तिजको बेला सिटीवानको साँस्कृतिक मेला, प्रदेश स्तरीय खुल्ला तीज गीत प्रतियोगिताको नाममा हुने कार्यक्रम गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुनेछ ।
कार्यक्रमा गण्डकी प्रदेश भित्रका करीव १ सय टिमको सहभागिता रहने टेलिभिजनका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक चिनु गुरुङ्गले जानकारी दिईन् । यस वर्षको संस्करणमा स्कुलका विद्यार्थीहरुलाई तीज सस्कृतीका बारेमा जानकारी दिने उद्धेश्यले विद्यार्थीका समुहहरुलाई पनि प्रतियोगितामा सहभागिता गराउने लक्ष्य रहेको पनि संयोजक गुरुङको भनाई छ । उनका अनुसार सहभागि सवै समुहलाई निशूल्क दर खुवाईनेछ । उनले भनिन्–“तीजको वास्तविक संस्कृती र प्रचलन अहिलेको पुस्ताले थाहै पाएका छैनन् । त्यसैले उनिहरुलाई संस्कृतीको बारेमा जानकारी दिन र सस्कृती संरक्षणका लागिपनि यो प्रतियोगिता गरिएको हो ।”
कार्यक्रममा जिल्ला बाहिरवाट आउने समुहलाई यातायात खर्चको समेत व्यवस्था गरिएको टेलिभिजनका प्रवन्ध निर्देशक अनिशा श्रेष्ठले जानकारी दिईन् । कार्यक्रम सम्पन्न गर्न करिव १६ लाख ५० हजार लाग्ने उनले बताईन् । कार्यक्रममा प्रथम द्वितीय, तृतीय र सान्त्वना हुने समुहलाई रु ५०, ३०, २० र १० हजार प्रदान गरिने उनले जानकारी दिईन् । त्यसबाहेक उत्कृष्ट शव्द, नृत्य र भेषभुषालाई समेत आर्कषक पुरस्कार प्रदान गरिने उनले बताईन् ।
प्रतियोगितामा सहभागि समुहले तीजको सांस्कृतीक महत्व, कला, महिला हिंसा, पर्यटन प्रवद्र्दन, सामाजिक क्षेत्र, सरसफाइ, बैदेशिक रोजगार, कृषि तथा उधमशिलता, वन तथा वातावरण, लागु पदार्थ दुब्र्यसनी र तीज जस्ता सामाजिक विषयमा केन्द्रित रहेर प्रस्तुती दिनुपर्ने आयोजकले जनाएको छ ।
कार्यक्रममा विभिन्न व्यवसायीक र सामाजिक संघ सस्थाका जानकारी मुलक १५ वटा स्टलहरु रहने छन् भने महिला लक्षित विशेष हेल्थ क्याम्प पनि संचालन हुने जनाइएको छ । कार्यक्रमको सिटीवान टेलिभिजन र टेलिभिजनका सवै डिजिटल प्लेफर्मवाट समेत एकैसाथ प्रत्यक्ष प्रसारण हुनेछ ।
स्टार नेपाल मिडिया हवप्रा. लि द्धारा सञ्चालित सिटीवान टेलिभिजन गण्डकी प्रदेशको पोखरामामुख्यकार्यालय रहेर सञ्चालित टेलिभिजनहो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







