पोखरा, साउन ९
पूर्व राष्ट्रपती विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता कसैले पनि खारेज गर्न नसक्ने ठोकुवा गरेकी छन् । पूर्व राष्ट्रपती भण्डारीले शुक्रबार पत्रकार सम्मेलन गरेर आफ्नो पार्टी सदस्यता चाहेरपनि कसैले खारेज गर्न नसक्ने दाबी गरेकी हुन् ।
पूर्व राष्ट्रपती भण्डारी एमालेमा फर्केर सकृय राजनीति गर्ने कोशिषमा छिन् । उनको यो कोशिषलाई प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष र उनी निकटकाहरुले विफल पार्ने प्रयास गरिरहेका छन् । त्यसको कडीका रुपमा नेकपा एमालेको हालै सम्पन्न केन्द्रीय कमिटीले पूर्व राष्ट्रपती भण्डारीलाई एमालेमा नफर्काउने निर्णय गरेको थियो । उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्णबहादुर थापालगायतले विरोध गरिरहँदा ओलीले निर्णय सुनाएर बैठक सकिएको घोषणा गरेका थिए ।
सो घोषणापछि पूर्व राष्ट्रपती भण्डारीको एमालेमा फर्किने बाटो बन्द भयो भन्ने बुझाई थियो । तर भण्डारीले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफू एमालेमै रहेको सन्देश दिईन् । केन्द्रीय समितिको बैठकको निर्णयको कडा प्रतिवादमा उत्रिएकी उनले भनिन्,‘म अहिलेपनि एमालेमै छु । मेरो सदस्यता कसैले चाहेर पनि खारेज गर्न सक्दैन ।’ उनले कसैले नचाहेपनि आफू एमालेमा रहने बताईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १५ फ्लाई दुबईले पोखरा–दुबई उडान शुरु गरेसँगै पोखरेली पर्यटन…







