म एमालेमा अहिलेपनि आबद्द छु : भण्डारी


     एभरेस्ट आवाज    
     श्रावण ९ गते २०८२ मा प्रकाशित




पूर्व राष्ट्रपती विद्यादेवी भण्डारीले अहिलेपनि आफू एमालेमै आबद्द रहेको दाबी गरेकी छन् । एमालेको केन्द्रीय कमिटी बैठकले पूर्व राष्ट्रपती भण्डारीलाई एमालेमा नफर्काउने निर्णय गरेको थियो । त्योसँगै उनको पार्टी सदस्यतापनि खारेज गरिएको एमाले नेताहरुले बताउँदै आएका छन् । तर भण्डारीले भने आफू एमालेमै रहेको बताईन् ।

आफू विधि अनुसार नै पार्टी परिवारको सदस्यमा जोडिएको उनले तर्क गरिन् । उनले आफू ४५ वर्षदेखि एमाले रहेको र राष्ट्रपतीमा जाँदापनि पार्टीले दिएको जिम्मेवारी लिएर गएकाले पार्टी त्यागेको भन्न नमिल्ने जिकीर गरिन् ।
‘म नेकपा एमालेको पार्टी जीवनमा पुनः आएँ,उनले भनिन्, म अहिलेपनि नेकपा एमालेको परिवारमा आबद्ध छु ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।