पोखरा, साउन ९
पूर्व राष्ट्रपती विद्यादेवी भण्डारीले एमालेको निर्णय आवेग र उत्तेजनामा आएको टिप्पणी गरेकी छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भण्डारीले यस्तो टिप्पणी गरेकी हुन् ।
पूर्व राष्ट्रपती भण्डारीले राजनीतिमा संलग्न हुन पाउनु आफ्नो संवैधानिक अधिकार भएको दाबी गरिन् । पार्टीमा फर्किन नदिने र पार्टी सदस्यता निलम्वन गर्ने एमालेको निर्णयबाट आफू दुःखी भएकोसमेत उनले बताईन् । मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई संकुचन हुनेगरी गरिएका अपरिपक्व निर्णयले मलाई दुःखीत बनाएको छ,उनले अगाडि थपिन्,‘यस प्रकारका निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउनेछ । आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थायी रुपमा भ्रमित तुल्याउन सकिएतापनि वास्तविकतालाई सँधै छोप्न सकिदैन ।’
उनले कसैले चाहेर पनि आफ्नो सदस्यता खान नसक्ने बताईन् । प्रधानमन्त्री ओली लक्षित टिप्पणी गर्दै उनले भनिन्,‘‘म अहिलेपनि एमालेमै छु । मेरो सदस्यता कसैले चाहेर पनि खान सक्दैन ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १५ फ्लाई दुबईले पोखरा–दुबई उडान शुरु गरेसँगै पोखरेली पर्यटन…







