विश्व पर्यटन दिवसको अवसरमा आउँदो असोज ४ गते हुने दोस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितालाई नेलम्बो नेपालले साथ दिने भएको छ । उक्त प्रतियोगिताका लागि नेलम्बो नेपालले मेडिकल सहयोगसहित तेस्रो पुरस्कार प्रायोजन गर्ने भएको हो ।
नेलम्बो नेपालले उक्त प्रतियोगितालाई सफल पार्न प्रतियोगिताको दिनमा आवश्यक मेडिकल टिमसहित हेल्थडेक्स राख्ने र तेस्रो पुरस्कार बापत १५ हजार रुपैयाँसमेत सहयोग गर्ने संस्थाका अध्यक्ष एकदेव देवकोटाले जानकारी दिए । पोखरा क्लिकका अध्यक्ष दीननाथ बराल र नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा बीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
पहिलो संस्करणबाटै प्रतियोगितामा जोडिन पाउँदा निकै खुसी लागेको अध्यक्ष देवकोटाले बताए ।
नेलम्बो नेपालले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्दै आएको छ । नेलम्वो नेपालका अध्यक्ष देवकोटाले आफ्नो कार्यक्षेत्र अन्तर्गत परेकाले नै पोखरा क्लिकसँग सहकार्यका लागि सम्झौता गरिएको स्पष्ट पारे ।
प्रतियोगिता नेपाल पर्यटन वोर्डको प्रवद्र्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय, पोखरा २ को सहकार्यमा हुन गइरहेको छ । प्रतियोगिताको अफिसियल मिडिया पार्टनरमा सिटीवान टेलिभिजन रहेको छ ।
होटल मुस्ताङ लेते एण्ड थकाली किचन, परिचय एड्भर्टाइजिङ लगायतको सहयोग रहेको प्रतियोगिताका लागि आगामी भदौं पहिलो सातादेखि अनलाइन फर्ममार्फत् धावकले नाम दर्ता गर्न सक्ने व्यवस्थापक सागर सुनारले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







