सिंगापुरमा POTAC 2025 मा सशस्त्र प्रहरीका प्र.उ. अरुणकुमार शर्माद्वारा प्रशिक्षण प्रदान


     एभरेस्ट आवाज    
     श्रावण १० गते २०८२ मा प्रकाशित




पोखरा । सशस्त्र प्रहरी बल नेपालका प्रहरी उपरीक्षक (SP) अरुण कुमार शर्माले सिंगापुर प्रहरी बलअन्तर्गतको गोरखा कन्टिजेन्टद्वारा आयोजित “पब्लिक अर्डर ट्याक्टिक्स क्याडर (POTAC) 2025” तालिममा प्रशिक्षण दिएका छन्।

२०२५ जुलाई २० देखि २६ (आज) सम्म सिंगापुरमा सम्पन्न उक्त साताव्यापी तालिममा प्र. उ. (SP) शर्माले सार्वजनिक शान्ति व्यवस्थापन, दंगा नियन्त्रण रणनीति, भीड नियन्त्रण अभ्यास, र परिचालन रणनीतिका विभिन्न पक्षहरूमा आफ्ना नेपालका र यु एन शान्ति सेनामा रहदाका अनुभबहरु शेयर गरेको बताएका छन् । SP शर्माले नेपाली सशस्त्र प्रहरीको बहुआयामिक अनुभवलाई आधार बनाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो कार्यदक्षता प्रस्तुत गर्दै प्रशिक्षण संयोजन, कार्यान्वयन र नेतृत्व क्षमताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताइएको छ ।

तालिमको समापन समारोहमा गोरखा कन्टिजेन्ट सिंगापुर प्रहरी बलका कमाण्डर AC विलियम रोबर्ट केफोर्ड (MBE) तथा गोरखा मेजर ईश्वरराज गुरुङको विशेष उपस्थितिमा, तालिम प्रमुख DSP स्यान्डी नाइटिंगेलले SP शर्माको प्रशिक्षण र अन्तरंनिहित बिषयवस्तुको प्रशंसा गर्दै “Certificate of Appreciation” प्रदान गरेका थिए। सो सम्मानले सशस्त्र प्रहरी बल नेपालको पेशागत प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा उच्च बनाएको छ।

SP शर्माको यस किसिमको अन्तर्राष्ट्रिय सहभागिताले नेपाल–सिंगापुर सुरक्षा सहकार्यमा थप विश्वासको वातावरण बनाएको तथा सशस्त्र प्रहरी बलभित्र वैदेशिक तालिम, अनुभव आदानप्रदान, र रणनीतिक तालमेलको अवसरलाई विस्तार गर्ने अपेक्षा गरिएको छ।

तालिममा अन्य राष्ट्रका सुरक्षाकर्मीहरूको सहभागिता पनि रहेकोले यो कार्यक्रमले बहुराष्ट्रिय अभ्यासको उत्कृष्ट नमूना प्रस्तुत गरेको बताइएको छ। SP शर्माको अन्तर्राष्ट्रिय स्तरमा सहभागितालाई नेपाल प्रहरीका लागि गौरवको रूपमा लिइएको छ।

  • पोखरा लेडी जेसिजको अध्यक्षमा नन्दकुमारी सुवेदी

    पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना (गीता) सर्वसम्मत निर्वाचित भएकी छन्।सोमबार पोखरामा सम्पन्न संस्थाको ३३औँ शाखा अधिवेशन तथा ३८औँ वार्षिक साधारण सभाले सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।नवनिर्वाचित कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा शुभद्रा बराल, कानुनी सल्लाहकारमा सृजना आले, सचिवमा विनिता केसी, कोषाध्यक्षमा रचना अधिकारी र सहसचिवमा रेजिना कटुवाल चयन…





  • राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार राम थापालाई

    राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको छ । युआरएल फाउन्डेसनले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद ३३ हजार तीन सय ३३ र ताम्रपत्र छ ।गलकोट–७, मल्म, बागलुङ स्थायी घर भएका थापा राष्ट्रिय समाचार समितिमा कार्यरत छन् । नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्षसमेत रहेका उनी राम थापा ‘अविरल’का…





  • किङ्ग्स कप भलिबल बुधबारदेखि पोखरामा

    सन्देश श्रेष्ठपोखरा, मंसिर ७ पोखरामा बुधबारदेखि फेवा किङ्ग्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३ शुरु हुँदैछ । युनाइटेड किङ्ग्स क्लब पोखराको आयोजनामा मंसिर ९ गते बुधबारदेखि १५ गतेसम्म प्रतियोगिता हुन लागेको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रतियोगिता पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा हुने आयोजक क्लवका अध्यक्ष युनाइटेड किङ्स क्लब पोखराका अध्यक्ष…





अन्तर्राष्ट्रिय प्रशिक्षकको रुपमा छानिएर गत शनिबार प्रशिक्षणकालागि सिंगापुर प्रश्थान गरेका प्र.उ. शर्मा प्रशिक्षण प्रदान गरि आजै (शनिबार) स्वदेश फर्किएका छन् । शर्मा सशस्त्र प्रहरी बल २४ नम्बर गण हेड क्वार्टर कालिका गणका गणपतिको रुपमा सफल कार्यकाल पूरा गरि हाल सशस्त्र प्रहरी बल तालिम निर्देशनालय लामापाटनमा तालिम प्रशिक्षकको रुपमा कार्यरत छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।