पोखरा, १३ साउन
प्रोटोनले आफ्नो तेस्रो सोरुम पोखरामा बिस्तार गरेको छ । नेपालका लागि प्रोटोन ईभीको आधिकारिक वितरक जगदम्बा मोटर्सले देशभर विद्युतीय सवारी (ईभी) को प्रयोगलाई तीव्र पार्ने क्रममा काठमाडौं बाहिर पहिलोपटक पोखराको बुद्धचोकमा सोरुम स्थापना गरेको हो । सोरुमको सोमबार पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा) का अध्यक्ष दीपेन्द्र कोइरालाले उद्घाटन गरे ।
सोरुममा प्रोटोनको प्रमुख विद्युतीय सवारी साधन प्रोटोन एसयूभी ईमास ७ लञ्चिङ गरिएको छ । उद्घाटनको अवसरमा एक हप्ताका लागि प्रोटोन ईमास ७ खरिद्मा शून्य प्रतिशत ब्याजदरमा फाईनान्सको सुविधा दिइएको छ । साथै टेस्ट ड्राइभ दर्ता, व्यक्तिगत परामर्श, सजिलो फाइनान्स र सरकारी अनुदानका विकल्पका बारे सहजीकरण गर्नेगरेको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाले अटोमोबाइल्सको दोस्रो हव पोखरा भएको बताउँदै प्रोटोनलाई पोखरामा स्वागत गरे ।
जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले सन् २०२५ सम्म राष्ट्रव्यापी विद्युतीय सवारी साधन सञ्जाल स्थापना गर्ने प्रोटोनको फराकिलो योजनाअन्तर्गत पोखरामा स्थापित सोरुम महत्त्वपूर्ण हिस्सा बन्ने विश्वास व्यक्त गरे । उनले आफैले सोरुम सञ्चालन गर्ने ईच्छा नभएपनि अहिलेको बजारको स्थितिले आफैले खोल्नुपरेको तर भविष्यमा कसैले सहकार्य गर्न खोजे त्यसका लागि तयार रहेको बताए ।
जगदम्बा मोटर्सका सहायक महाप्रबन्धक आकाशविक्रम थापाले पोखराको बजारलाई महत्त्व दिएर सोरुम स्थापना गरेको बताए ।

सोमबार नै कम्पनीले पोखरा इभेन्ट सेन्टरमा प्रोटोनको एसयूभी ईभी ईमास ७ सार्वजनिक गरेको छ । जगदम्बा मोटर्सले नेपाली बजारमा गत चैतदेखि ईमास ७ को आधिकारिक रुपमा लञ्च गरेको थियो । जगदम्बा मोटर्स, प्रोटोन नेपालका कार्यकारी निर्देशक अखिल गुप्ताले ईमास ७ सार्वजनिक गरे । प्राइम र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध प्रोटोन ईमास ७ को मूल्य क्रमशः ५६ लाख ९९ हजार र ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । प्लाटिनम सिल्भर, टक्र्वोइज ग्रीन, स्लेट ग्रे, क्वाट्र्ज रोज र लिथियम ह्वाइट गरी विभिन्न ६ कलर अप्सनमा यो ईभी उपलब्ध छ ।
प्रोटोनले नेपालमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन पूर्वाधार विकासमा पनि लगानी गर्ने जनाएको छ ।
प्रोटोन ईमास ७ प्रोटोनको पहिलो विद्युतीय सवारी साधन अर्थात ईभी हो । यो ग्लोबल मोड्युलर आर्किटेक्चर (जीएमए) प्लेटफर्ममा निर्माण गरिएको छ । यसमा १२–इन–१ इन्टेलिजेन्ट इलेक्ट्रिक प्रोपल्सन सिस्टम छ भने नवीनतम सेल–टु–बडी (सीटीबी) ब्याट्री संरचना छ । त्यसैगरी यसमा नयाँ पुस्ताको एजिस सर्ट–ब्लेड ब्याट्री (लिथियम आइरन फस्फेट) रहेको छ ।
सुरक्षा र प्रदर्शनका लागि यसमा लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम छ भने ३६० डिग्री भ्यु क्यामेरा, फाइभ स्टार एसियन एनक्याप सेफ्टी रेटिङ, १६० किलोवाट पावर र ३२० एनएम टर्क जेनेरेट गर्ने क्षमता छ भने यसलाई शून्य देखि १०० किलोमिटर प्रतिघण्टा पुग्न पुग्न ६.९ सेकेन्ड मात्र लाग्छ । त्यसैगरी १०० किलोमिटर प्रतिघण्टाबाट रोक्न ३५ मिटर ब्रेकिङ दूरी मात्र चाहिन्छ ।

प्राइम भेरिएन्टमा ४९.५२ किलोवाट आवरको ब्याट्री छ र यसले डब्लुएलटीपी अनुसार सिंगल चार्जमा ३४५ किलोमिटर रेन्ज दिन्छ । त्यसैगरी प्रिमियम भेरिएन्टमा ६०.२२ किलोवाट आवरको ब्याट्री छ र यसले डब्लुएलटीपी अनुसार सिंगल चार्जमा ४१० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यसले डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ र ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुन २० मिनेट मात्र लाग्छ । १० मिनेट चार्ज गर्दा यसलाई १३५ किलोमिटरसम्म चलाउन सकिन्छ ।
यसको इन्टेरियरमा भेन्टिलेटेड सिटहरू छन् भने प्रशस्त लेगरुम रहेको छ । ३३ स्टोरेज कम्पार्टमेन्टहरू रहेको प्रोटोन ईमास ७ ईभीमा वानोस प्रविधिसहितको १६ स्पिकर साउन्ड वेभ सिस्टम छ भने २५६ रङको एम्बियन्ट लाइटिङ छ, जुन यो सेगमेन्टकै सर्वश्रेष्ठ भएको कम्पनीको भनाइ छ । यसमा २.५ के रिजोल्युन सहितको १५.४ इन्चको टचस्क्रिन डिस्प्ले रहेको छ ।
प्रोटोन ईमास ७ मलेसियाली कम्पनीद्वारा उत्पादित ईभी हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







