पोखरामा जापानी भाषा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     श्रावण १२ गते २०८२ मा प्रकाशित




पोखरा । ल्याङ्ग्वेज एसोसिएसन अफ नेपाल (LAN) को आयोजना तथा जापान फाउण्डेसन, नयाँ दिल्लीको सहयोगमा पोखरामा जापानी भाषा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथिका जापान फाउण्डेसन, नयाँ दिल्लीका प्रशिक्षक केइको योसिखावाले, “जापानी भाषा शिक्षण केवल भाषा शिक्षण नभई जापान र नेपालको सांस्कृतिक सेतु हो। पोखरामा यस्तो कार्यक्रम सञ्चालन गर्नुको उद्देश्य प्रशिक्षकहरूको क्षमता अभिवृद्धि गर्नु रहेको बताउनु भयो । संस्थाका अध्यक्ष सृजन भान्साकार्य अध्यक्षतामा भएको कार्यक्रमको संयोजन संस्थाका प्रथम उपाध्यक्ष मोतिप्रसाद श्रेष्ठ, संचालन संस्थाका महासचिव बालकृष्ण शर्माले गर्नुभएको थियो।

कार्यक्रममा पोखराका विभिन्न जापानी भाषा विद्यालयहरूबाट ४४ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमले पोखरामा जापानी भाषा शिक्षण क्षेत्रको गुणस्तर अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।