नवोदित गायिका लक्ष्मी खनाल पौडेलको मौलिक तीज गीत सार्वजनिक 


     एभरेस्ट आवाज    
     श्रावण १६ गते २०८२ मा प्रकाशित




पोखरा 

नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै आउँदा तीज गीतको संख्या पनि बढ्दै गएको छ।

दिनहुँ जसो नयाँ नयाँ तीजका गीत र भिडियो सार्वजनिक भएका छन्। पुराना देखि नवोदित गायक गायिकाले समेत यसपालिको तीजमा आफ्ना प्रस्तुतिलाई दर्शक श्रोता माझ ल्याएका हुन्। तीजकै छेकोमा नवोदित गायिका लक्ष्मी खनाल पौडेलले पनि ‘बाबा आमालाई सेवा गरौ’ जस्तो सामाजिक मौलिक गीत सार्वजनिक गरेकी छिन्। मोति डिजिटलले बजारमा ल्याएको गीतमा गायिका लक्ष्मीलाई सन्जु खनाल र सुष्मा खनालले साथ दिएका छन्। गीतमा लय र शब्द माधवप्रसाद खनालको रहेको छ। भिडियोको निर्माण मोति डिजिटल स्टुडियोले गरेको हो।

महेश्वर खनाल दिदी बहिनी समुहको प्रस्तुती रहेको गीतमा बाबा आमालाई सेवा गरौ, जेष्ठ नागरिक समाज र परिवारको आस्था, धरोहर भएको विषयलाई गीत मार्फत प्रस्तुत गरिएको गायिका पौडेलले बताईन्। ग्रामीण परिवेश र आफ्नै पाखा पखेरामा गाईने भाका र शब्दलाई गीतमा प्रस्तुत गरिएको छ।

केही दिन अगाडि मोति डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको सो मौलिक गीतले राम्रै भ्युज पाएको छ। सोही समुहले सन्जु खनाल र बलराम खनालको आवाजमा ‘दिदी भाइको गन्थन’ मौलिक तीज गीत पनि सार्वजनिक गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।