पोखरा, साउन १८
शान्तिका लागि नागरिक समाज र महिला मानव अधिकार रक्षक सञ्जालले बहुविवाहलाई कानूनी मान्यता दिने प्रस्तावित मस्यौदाबिरुद्द पोखरामा प्रदर्शन गर्ने भएको छ । दुई संस्थाले भोलि सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि सहिदचोकमा धर्ना दिने भएको हो । धर्नापश्चात कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाईने शान्तिका लागि नागरिक समाज कास्कीका अध्यक्ष बिना सिलवाल र महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष केशु भुजेलले एक सूचना निकालेर जानकारी दिएका हुन् ।

सरकारले मुलुकी अपराध संहिता धारा १७५ संसोधन गरी बहुविवाहलाई लिखित परिस्थितिमा कानूनी मान्यता दिने मस्यौदा बनाएको सार्वजनिक भएको थियो । सो मस्यौदामा विवाहित पुरुषले कुनै युवती वा महिलासँग अनुचित सम्बन्ध राख्दा गर्भ रहेको खण्डमा वा बच्चा जन्मिएको खण्डमा कानूनी मान्यता दिने प्रस्ताव छ । जसको अहिले सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सरकारले ल्याउन लागेको अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धि कार्ययोजनालाई कार्यान्वयन गर्न पहल…







