जर्ज जोन शिक्षा प्रतिष्ठानले बरिष्ठ शिक्षासेवी नरेन्द्रमान चालचनसहित ५ जना शिक्षासेवीहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानको २९ औँ वार्षिकोत्सवका अवसरमा पोखरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनसहित ५ जनालाई सम्मान गरिएको हो । कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका प्राडा लेखनाथ भट्टराई, प्राडा यादव गौडेल, शिक्षासेवी छविलाल आचार्य र स्वास्थ्यकर्मी शकुन सिंहलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मानित शिक्षासेवी पाँचै जनालाई सम्मानपत्र, दोसल्ला र नगद पुरस्कार अर्पण गरेका थिए ।
कार्यक्रममा मुख्यमन्त्री पाण्डेले शिक्षासेवीहरुको समर्पण समुदायकै प्रेरणाको स्रोत भएको बताए । प्रतिष्ठानका संस्थापक डा. जर्ज जोनले शिक्षा क्षेत्रको विकास अपरिहार्य आवश्यक्ता भएको बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । अन्नपूर्ण गाउँपालिका–२ ढिकुरपोखरीस्थित माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसमा आयोजित निःशुल्क…






