पोखरेली टेनिस खेलाडी आर्यषराज पौडेल एटीएफ यु-१४ टेनिस खेल्न मलेशिया जाने


     एभरेस्ट आवाज    
     श्रावण २१ गते २०८२ मा प्रकाशित




साउन २१,पोखरा

पोखरेली टेनिस खेलाडी आर्यष राज पौडेल साउथ इष्ट एशिया अन्तर्गत एटीएफ यु–१४ को ‘ए’लेवल टेनिस प्रतियोगितामा भाग लिन मलेशिया जाने भएका छन् । साउन १४ देखि ३१ गते सम्म क्वालालम्पुरमा हुने उक्त प्रतियोगितामा उनले नेपालको प्रतिनिधित्व गर्नेछन् । नेपाल टेनिस संघको अनुरोधमा एशियन टेनिस महासंघले उनलाई ‘वाइल्ड कार्ड’ मार्फत छानेको हो । १२ वर्षिया आर्यषले अबको ३ वर्ष सम्म यो प्रतियोगिताको यु–१४ टुर्नामेण्ट खेल्न पाउने छन् । यस प्रतियोगितामा सहभागि खेलाडीहरुले विभिन्न चरणको यात्रा अनुसार एटीएफको अंक बटुल्नेछन् ।

यसैविच कास्की जिल्ला टेनिस संघले खेलाडी पौडेललाई बुधबार एक समारोहका विच बिदाई गरेको छ । बिदाई समारोहमा बोल्दै संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङले पोखराकै माटोमा हुर्किएका खेलाडी आर्यषले टेनिस खेलमा ठूलो सम्भावना देखाइरहेका बताए । उनले अन्र्तराष्ट्रिय कुनै पनि प्रतियोगितामा भाग लिन पाउनु पोखरेलीका लागि गौरब भएको बताउँदै शुभ-कामना व्यक्त गरे ।

विदाई समारोहमा पोखराका अग्रज टेनिस खेलाडी, अभिभावक, टेनिस संघका पदाधिकारी लगायतको सहभागिता रहको थियो । नेपाल शिर्ष वरियता खेलाडी प्रदीप खड्काले कार्यक्रम सञ्चालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।