पोखराको बिरौटाबाट अबैध लागूऔषध सहित तीन जना पक्राउ


     एभरेस्ट आवाज    
     श्रावण २१ गते २०८२ मा प्रकाशित




पोखरा । पोखराबाट अबैध लागू औषधसहित दुई युवतीसहित तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा जिल्ला स्याङ्ग्जा स्थायी घर भई हाल पोखरा १७ बिरौटास्थित घारीकुलो बस्ने वर्ष ३२ की रिना थापा मगर, स्याङजा फेदीखोला ४ स्थायी घर भई हाल पोखरा १७ बिरौटा बस्ने वर्ष ३४ को विश्वास गुरुङ र पर्वत स्थायी घर भई हाल पोखरा १७ बिरौटा बस्ने वर्ष ३९ की मिना थापा मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी हरि बस्नेतले जानकारी दिए।

उनीहरुको साथबाट लागू औषध डाईजापाम १६६ एम्पुल, फेनेरागन १६९ एम्पुल, नुर्फिन १६६ एम्पुल गरी जम्मा पाँच सय १ एम्पुल लागू औषध र तीन थान मोवाईल बरामद गरिएको प्रहरीको दाबी छ।

पोखरा १७ बिरौटामा लागू औषधको कारोबार भैरहेको सुचना पाए पछि गएको सोमबार साँझ करीब पौने आठ बजेको समयमा लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले मिना थापा मल्लको डेरामा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुविरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसूरमा १० दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।