सन्देश श्रेष्ठ
पोखरा, साउन २३
एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस पोखराको आयोजनामा शनिबार भएको रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन भएको छ । एक्सपर्ट एजुकेसन एण्डे भिसा सर्भिसेसको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २९ जना पुरुष र १६ जना महिलासहित ४५ जनाले रक्तदान गरेका हुन् ।
रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य (प्रदेश सांसद) गणेशमान गुरुङले पहिलो रक्तदाता मानव बुढा क्षेत्रीलाई व्लड व्याग हस्तान्तरण गरेर गरेका थिए । कार्यक्रममा बोल्दै सांसद गुरुङले रक्तदान सामाजिक कार्यको सर्वोत्कृष्ट कार्य भएको बताए ।
पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले एउटा कन्सल्टेन्सीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान गरेर आफूलाई उदाहरणीय प्रस्तुत गरेको बताए ।
एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसका सली देवानको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ट्रेड मलका अध्यक्ष मिनराज काफ्लेले स्वागत मन्तव्य तथा एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसका बिजनेस डेभलपमेन्ट हेड विष्णु गौतमले सञ्चालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







