राष्ट्रिय भुतपूर्व सैनिक तथा प्रहरी संगठनको सदस्य भेटघाट सम्पन्न

- विकृति अन्त्यमा सबैको सहयोग आवश्यक : एसपी ओलीया


     एभरेस्ट आवाज    
     श्रावण २३ गते २०८२ मा प्रकाशित




पोखरा

राष्ट्रिय भुतपूर्व सैनिक तथा प्रहरी संगठनले पोखरामा सदस्य भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ। केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै कास्कीका प्रहरी प्रमुख एस पि श्याम बाबु ओलीयाले समाजमा ब्याप्त विकृति, विसङ्गती र चोरी, डकैती नियन्त्रण गर्न सबै पक्षको भुमिका महत्वपुर्ण हुने बताए । उनले यस संगठनको वृद्धि विकासको लागि आफु र प्रहरी संगठनले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे।

संगठनका केन्द्रीय उपाध्यक्ष क्या.लालकाजी गुरुङले समाज विकास र रुपान्तरणका लागि संगठनले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिदैं सबै सदस्य जिम्मेवार बन्नु पर्ने बताए । कार्यक्रममा संगठन गण्डकीका ईन्चार्ज खाम बहादुर केसी, केन्द्रीय सदस्य शान्ति गुरुङ, महानगर अध्यक्ष सुवेदार भोजवहादुर गुरुङ, पोखरा महानगर कमिटीका सचिव ईन्सपेक्टर बलराम पौडेल लगायतले नागरिकको सेवामा संगठनलाई अब्बल बनाउनुपर्ने बताए।
उपाध्यक्ष क्याप्टेन लालकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सुवेदार केहरसिंह गुरुङले गरेका थिए।

कार्यक्रममा केन्द्रिय कमिटी,प्रदेश कमिटी, जिल्ला कमिटी ,पोखरा महानगर कमिटीका विभिन्न पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।