पोखरा, साउन २५
पोखरा–३ नदीपुरस्थित नारायणस्थान मन्दिरमा श्रीमद्भागवत महापुराण शुरु भएको छ । हिमालयन सिद्द महायोग ध्यान साधना केन्द्र नदीपुरमा एक हप्तासम्म चल्ने महायज्ञको संकल्पकर्ता अनन्त श्री विभूषित आध्य जगत गुरु श्री रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य जी महाराज (महायोगी सिद्ध वावा) छन् ।

श्रीमद्भागवत महापुराणमा श्री मद्भागवत कथा अनन्त श्री श्री १००८ श्री वैष्णव महन्त श्री हरि शंकर दास “वेदान्ती“ जी महाराजको मुखारविन्दुबाट भइरहेको छ ।
श्रीमद्भागवत महापुराणको शनिबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कथा श्रवण गरेका थिए । सो अवसरमा बोल्दै उनले पोखरा मुक्ति क्षेत्रको द्वार रहेको र यस क्षेत्र वरपर समग्र विकासको लागि हिमालयन सिद्ध महायोगसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
श्रीमद्भागवत महापुराणमा विहानबाटै पोखरा लगायत नेपालको अन्य शाखाहरुबाट पनि महायोगी सिद्ध वावाको अनुयायीहरुको सहभागिता रहेको थियो । सोही अवसरमा श्रावणी पूर्णिमा अर्थात जनै पूर्णिमा पनि श्री सदगुरुदेव ज्यू को करकमलवाट डोरा वांधेर दिव्यता र भव्यताको साथ मनाएर सबैले कृपा लाभ प्राप्त गरेका थिए।

हाल गत हरिबोधिनी एकादशीवाट हरिशपनी एकादशीसम्म चतुर्मास व्रत अनुष्ठान चलिरहेकाले आफ्नो आत्म कल्याण गर्न चाहनेहरुले उक्त अनुष्ठानमा सहभागी भएर लाभ उठाउन आयोजकले आग्रह गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







