पोखरा, साउन २७
कालिका बहुमुखी क्याम्पस पोखरामा कर्मचारीहरुका लागि त्रिभुवन विश्वविद्यालयका परीक्षाहरुसँग सम्बन्धित तालिम आयोजना गरिएको छ । त्रि.वि परिक्षा नियन्त्रण कार्यलयको सहयोगमा त्रिभुवन विश्वविद्यालयका परीक्षाहरुसँग सम्बन्धित क्रियाकलापहरुलाई प्रभावकारी र समयसापेक्ष गर्ने उद्देश्यले कर्मचारीहरुलाई सुचना प्रविधिमैत्री बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

तालिम उद्घाटन कार्यक्रममा त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षाका सम्पूर्ण कार्यहरु अनलाईन मार्फत सम्पादन गरिने भएकाले सम्बन्धीत कर्मचारीहरु प्रविधिमा सक्षम र नयाँ सफ्टवयर्का बारेमा ज्ञान हुनु आवश्यक रहेको बताए । त्यसैले कालिका बहुमुखी क्याम्पससँगको सहकार्यमा पोखरामा पनि तालिम आयोजना गरिएको स्पष्ट पारे ।
उनले गण्डकी र लुम्बिनी प्रदेशका करीब २०० वटा क्याम्पसबाट २०० जनाकर्मचारीहरु सहभागी रहेको तालिमले परिक्षा प्रणालीमा सुधार ल्याउने अपेक्षा सुनाए ।
परीक्षा नियन्त्रक जोशीले सहभागी कर्मचारीहरुबाट त्रि. वि. नामदर्ता, परीक्षा आवेदन फारम अनलाइन प्रविष्ट तथा अभिलेखीकरण कार्यका लागि तालिम फलदायी रहने विश्वास व्यक्त गरे ।
कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विरन्जी गौतमले परीक्षा सम्वन्धि तालिम सञ्चालनले कर्मचारीहरु दक्षहुने र परिक्षाका कार्यहरुमा गुणस्तर अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा.हरि पाठकले अहिलेको वर्तमान परिस्थितिमा परीक्षाका कामहरु अनलाईन मार्फत सम्पादन गर्दा केहि दुविधाहरु रहेकोमा यस तालिमले उक्त दुविधाहरु हट्ने विश्वास व्यक्त गरे ।
नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेशका अध्यक्ष ऋषिराम बुढाथोकीले शुभकामना व्यक्त गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







