नारायणस्थान मन्दिरमा श्रीमद्भागवत महापुराण जारी


     एभरेस्ट आवाज    
     श्रावण २८ गते २०८२ मा प्रकाशित




पोखरा, साउन २८

पोखरा–३ नदीपुरस्थित नारायणस्थान मन्दिरमा श्रीमद्भागवत महापुराण जारी छ । हिमालयन सिद्द महायोग ध्यान साधना केन्द्र नदीपुरमा साउन २५ गतेदेखि शुरु भएको महापुराण एक हप्तासम्म चल्नेछ । महायज्ञको संकल्पकर्ता अनन्त श्री विभूषित आध्य जगत गुरु श्री रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य जी महाराज (महायोगी सिद्ध वावा) छन् ।

श्रीमद्भागवत महापुराणमा श्री मद्भागवत कथा अनन्त श्री श्री १००८ श्री वैष्णव महन्त श्री हरि शंकर दास “वेदान्ती“ जी महाराजको मुखारविन्दुबाट भइरहेको छ । गत हरिशयनी एकादशीवाट शुरु भएको चतुर्मास व्रत अनुष्ठान विभिन्न कार्यक्रमहरू जस्तै चिना हेरेर ग्रह दोष निवारण, वैदिक सावर मन्त्रद्वारा उपचार, जप, हवन, रुद्राभिषेक तथा आयुर्वेद परामर्श नाडी परीक्षण दैनिक भइरहेको र धेरै दीक्षित तथा अशिक्षित भक्त तथा साधकहरुबाट सहभागी भएर शारीरिक, मानसिक तथा आध्यात्मिक लाभ हासिल गरिरहेका छन् । एक हप्तासम्म चल्ने यो कथाको श्रीकृष्ण जन्माष्टमीको दिन पूर्णाहुत हुनेछ भने चतुर्मास व्रत अनुष्ठानका अन्य कार्यक्रमहरू कार्तिक १५ गतेसम्म चलिरहने जनाइएको छ ।

श्रीमद्भागवत महापुराणको राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले श्री महायोगी सिद्ध वावाको दर्शन भेट गरी आशिर्वाद लिएका छन् । त्यसैगरी यन्त्र तन्त्र शास्त्रका सिद्ध पुरुष गोपालप्रसाद कोइराला, रामानन्दाचार्य सेवापीठ चतराधामका अध्यक्ष वावुराजा ओझा, संस्कृतिका विद्वान आचार्य, डा.दीपक कोइराला र गणितका दैवज्ञ आचार्यलगायत पनि महापुराणमा सरिक भई महायोगी सिद्ध वावाको दर्शन गरी कृपा लाभ प्राप्त गरेका छन् ।

हाल गत हरिबोधिनी एकादशीवाट हरिशपनी एकादशीसम्म चतुर्मास व्रत अनुष्ठान चलिरहेकाले आफ्नो आत्म कल्याण गर्न चाहनेहरुले उक्त अनुष्ठानमा सहभागी भएर लाभ उठाउन आयोजकले आग्रह गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।