सन्देश श्रेष्ठ
पोखरा, साउन २९
पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले पोखरामा शतप्रतिशत घरमा सेफ्टीट्याङ्की भएको दाबी गरेका छन् । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को सातौं साधारण सभा तथा चौथो अधिवेशनलाई सम्बोधन गर्दै उनले पोखरामा सेफ्टीट्याङ्की नभएको घर नै भएको दाबी गरेका हुन् । कार्यक्रममा बोल्दै उनले भने,‘पोखरामा शतप्रतिशत घरमा सेफ्टीट्याङ्की छ, अर्थात सेफ्टीट्याङ्की नभएको घर नै छैन ।’
मेयर आचार्यले शतप्रतिशत घरमा सेफ्टीट्याङ्की हुने सहर पोखरा मात्र भएको दाबीसमेत गरे । शतप्रतिशत घरमा सेफ्टीट्याङ्की भएको सहर पोखरा पनि हो भन्ने होईन, ‘पोखरा मात्रै हो ।’ काठमाडौंमा पनि आंशिक रुपमा सेफ्टीट्याङ्की नभएको घर रहेको उनको भनाई थियो । उनले पोखराका नदीमा सेफ्टीट्याङ्कीको ढल सिधै मिसाएको नपाइएको बताए । ‘राती कसैले मिसाउँछ भने थाहा छैन, तर दिउँसो कसैले गरेको छैन ।’
मेयर आचार्यले पोखरामा नया घर बनाउँदा सोफिट अनिवार्य गरिएकोसमेत उल्लेख गरे । भवन संहितामा सोफिट अनिवार्य गरिएकाले अब त्यसलाई कार्यान्वयनमा लगिने उनको भनाई थियो । यसअघि पनि सोफिट राख्नुपर्ने प्रावधान थियो,उनले भने,‘तर अनिवार्य थिएन ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १४ नेपाली कांग्रेस ईतर पक्षका नेता प्रकाशशरण महतले नेतृत्व…







