पोखरा । ताराकुञ्ज ई. बो. स्कूल पोखरा १३ ले बिहिबार कक्षा ६ देखि १० सम्मका २ सय विद्यार्थीहरूको सहभागितामा बिहिबार “डिजाइनिंग फ्युचर : मोटिभेसनल वर्कशप” आयोजना गर्यो ।
कार्यक्रममा श्रोत ब्यक्ति पत्रकार/उत्प्रेरक दीपेन्द्र श्रेष्ठले बर्तमानको जगमा मात्र भबिष्य निर्माण हुने भएकोले बेलैमा लक्ष्य निर्धारण गरी अघि बढ्न आग्रह गर्नुभयो । सहजकर्ता श्रेष्ठले लक्ष्य निर्धारण, नो योरसेल्फ (Know Yourself), अर्जुन दृष्टि, पाठ्यपुस्तक भन्दा बाहिर पनि पठन संस्कृति निर्माण, अनुशासन, निरन्तरता, आत्मविश्वास विकास, नेतृत्व क्षमता, टीमवर्क, डेली रुटिन (टाइम टेबल) अध्ययन विधि र समय व्यवस्थापन सफलताकालागि महत्वपूर्ण रहेको बताउदै अबलम्बनका उपायहरूबारे विस्तृत जानकारी प्रदान गर्नु भएको थियो।
श्रेष्ठले सफलता कुनै संयोगले, रातारात प्राप्त गरिने परिणाम नभई यो ब्यक्तिको निर्दिष्ट सपना, दृढ इच्छाशक्ति, इमान्दार प्रतिबद्धता र लगातारको कठोर अभ्यासले मात्र प्राप्त हुने उपलब्धि भएको बताउनु भयो । उहाँले सपना देख्नेहरुले मात्र जीवनमा बाजी मार्ने बताउदै भारतीय पूर्व राष्ट्रपति बैज्ञानिक एपिजे अब्दुल कलामको “सपना त्यो होइन जो सुतेपछि देखिन्छ। सपना त्यो हो जसले तपाईंलाई निदाउनै दिँदैन ।” भन्ने प्रेरक कथन स्मरण गराउनु भयो ।
श्रेष्ठले प्रत्येक बिद्यार्थी प्रशस्त सम्भावना बोकेका मानिस भएको बताउनु भयो । उहाँले भन्नुभयो, “आजसम्म यो धर्तिमा सम्भावनाहीन मानिस जन्मेकै छैन । भनिन्छ त्यस्तो कुनै जरा छैन जसको कुनै औषधि नहोस्, त्यस्तो कुनै अक्षर छैन जसको कुनै मन्त्र नहोस् । त्यस्तो कुनै मानिस छैन जसमा कुनै सम्भावना नहोस् ।फरक यति हो — करोडौं कस्तुरीहरू, आफै भित्रको “कस्तुरी” लाई बेलैमा चिन्न नसकेर “कस्तुरी मृग” जस्तै भौतारिरहेका हुन्छन् । जसले बेलैमा आफू भित्रको त्यो “कस्तुरी” लाई चिन्छन्, त्यहि व्यक्तिको मात्र सफलता सुनिश्चित हुने भएकोले आफू भित्रको त्यो कस्तुरी (क्षमता) चिन्न सुझाब दिनुभयो ।
वर्कशपको मूल उद्देश्य विद्यार्थीहरूलाई बेलैमा सतर्क भई भबिष्य निर्माण गर्ने तरिका सिकाउनु रहेको थियो। वक्ताले उदाहरणमार्फत विद्यार्थीलाई सपना पहिचान गर्ने, योजना बनाउने र लक्ष्य प्राप्तिमा अनुशासन र एकाग्रता आवश्यक हुने कुरा बुझाए।
कार्यक्रमको शुभारम्भमा स्वागत गर्दै प्रिन्सिपल रबिमोहन बरालले विद्यालयले यस कार्यक्रम मार्फत विद्यार्थीलाई लक्ष्य निर्धारण, मेहनत गर्न र सकारात्मक दृष्टिकोण अपनाउन प्रेरित गर्ने उद्देश्य राखेको बताउनु भयो । बिद्यालय व्यवश्थापन समितिका अध्यक्ष गणेश तिमिल्सिनाले कार्यक्रमको समापन गर्दै वर्कसप प्रभाबकारी र उपलब्धिमूलक रहेको बताउनु भयो । कार्यक्रमको समापनमा प्रि प्राइमरी कोअर्डिनेटर प्रतिभा तिमिल्सिनाले सिकाइको सारांश प्रस्तुत गर्दै निरन्तर अभ्यास, धैर्य र आत्मविश्वास विकास गर्न सन्देश दिनु भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







