पोखरा । पोखरा १७ स्थित मुस्ताङचोकमा आज बिहान दुर्घटना भएको छ । दुर्घटनापरि दुई युवा घाइते भएका छन् ।
दुर्घटनामा परेर घाइते भएका पोखरा महानगरपालिका वडा नम्बर २१ का २२ वर्षीय सुजन गौतमको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ भने अर्का घाइते पोखरा १७ बिरौटा बस्ने २२ वर्षीय सुगम श्रेष्ठको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । बिहान करीब ६ बजे पोखराको मुस्ताङचोकमा पोखराको पृथ्वीचोकबाट बिरौटातर्फ जाँदै गरेको ट्रिपर भित्रै राष्ट्रबैंकचोकबाट मुस्ताङचोक हुँदै बिरौटातर्फ जाँदै गरेको मोटर साइकल छिरेर दुर्घटनाग्रस्त भएको थियो ।
ग १ ख ७९२९ नम्बरको ट्रिपर र प्र ३–०२–०१३–प ५८०४ नम्बरको मोटर साइकल ठक्कर खाएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







