पोखरा १७ स्थित मुस्ताङचोकमा आज बिहान दुर्घटना भएको छ । दुर्घटनापरि एकजना युवकको मृत्यु भएको छ भने अर्का युवकको उपचार जारी छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका पोखरा महानगरपालिका वडा नम्बर २१ घर भइै हाल ड्यामसाइड बस्ने २२ वर्षीय सुजन गौतमलाई गण्डकी मेडिकल कलेजले बिहान १०:५० बजे मृत घोषण गरेको हो । अर्का घाइते पोखरा १७ बिरौटा बस्ने २२ वर्षीय सुगम श्रेष्ठको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
बिहान करीब ६ बजे पोखराको मुस्ताङचोकमा पृथ्वीचोकबाट बिरौटातर्फ जाँदै गरेको ट्रिपर भित्रै राष्ट्रबैंकचोकबाट मुस्ताङचोक हुँदै बिरौटातर्फ जाँदै गरेको मोटर साइकल छिरेर दुर्घटनाग्रस्त भएको थियो ।
ग १ ख ७९२९ नम्बरको ट्रिपर र प्र ३–०२–०१३–प ५८०४ नम्बरको मोटर साइकल ठक्कर खाएको थियो ।
टिप्पर चालक धादिङको रोराङ गाउँपालिका ८ घर भएका ४३ बर्षिय मित्रलाल श्रेष्ठ अहिले प्रहरी नियन्त्रणमा लिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







