कुलिङ अफ पिरियड सम्बन्धी संसदीय छानबिन प्रतिवेदन कार्यान्वयनका लागि निकायहरूमा पठाउन सभामुख देवराज घिमिरेले निर्देशन दिएका छन् ।
सभामुखले घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूको सुझाव अनुसार आज प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन दिएका हुन्।
सबै दलका संसदीय कार्यालयहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संघीय संसद सचविालयलाई आवश्यक कार्यान्वयनका लागि पठाउन प्रतिनिधि सभाका सचिवलाई निर्देशन दिएको सभामुखको सचिवालयले जनाएको छ।
कुलिङ पिरियडमा भएको छेडखानीबारे अध्ययन गर्न कांग्रेस सांसद जीवन परियारको नेतृत्वमा संसदीय छानबिन समिति गठन गरिएको थियो। समितिले नैतिक जिम्मेवार ठहर्याएपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए। समितिले गम्भीर कुलिङ पिरियडमा गम्भीर त्रुटी भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १४ नेपाली कांग्रेस ईतर पक्षका नेता प्रकाशशरण महतले नेतृत्व…







