पोखरा, साउन ३०
पोखराको बाटुलेचौरमा भोलि राष्ट्रिय कृष्ण भजन प्रतियोगिता हुँदैछ । शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६ बाटुलेचौरले श्रीकृष्ण जन्माष्टमीको दिन भोलि शनिबार राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको २६ औं श्रृङ्खला आयोजना गर्न लागेको हो ।
पोखरा–१६ बाटुलेचौर ऐतिहासिक मैदानमा हुने प्रतियोगितामा १६ टिमले प्रतिष्पर्धाका लागि नाम टिपाएको प्रतिष्ठानकी अध्यक्ष दुर्गादेवी बस्नेत गौतमले जानकारी दिइन् । नाम दर्ताका लागि मंगलबार अपराह्न ५ बजेसम्मको समयसीमा तोकिएको थियो । जसमा महेश्वर खनाल भजन समुह तनहुँ, भद्रकाली खैंजडी भजन समुह धादिङ, हरिहर भजन कीर्तन समुह स्याङ्जासहित कास्कीका विभिन्न भजन टोली र विद्यालयका स–साना विद्यार्थी सहभागी भजन टोली पनि सहभागी हुने उनले बताईन् । बाटुलेचौर ऐतिहासिक मैदानमा हुने प्रतियोगिताको लागि प्रतिष्ठानले बुधबार गोलाप्रथाबाट टाइसिट समेत सार्वजनिक गरेको छ । भजन समुह दर्ताका लागि ३ हजार शुल्क तोकिएको थियो ।
प्रतियोगिताको व्यापक प्रचार प्रसार गरेको, विभिन्न सामाजिक तथा धार्मिक संघ संस्थासँग समन्वय भएको र दर्शकको चापलाई मध्यनजर गरी व्यवस्थित मञ्च निर्माण र सजावट गरिएको सचिव रामप्रसाद पौडेलले जानकारी दिए । कार्यक्रममा बाटुलेचौर क्षेत्रका आमा समुह, टोल विकास संस्था र विभिन्न जातिय तथा धार्मिक संस्था आ आफ्नो पहिचान झल्कने पोसाकमा सहभागी हुनेछन् ।
‘कला सहित्य र संस्कृतिको जगेर्ना हाम्रो गन्तव्य’ भन्ने नाराका साथ २०४५ सालमा जन कवि केशरी धर्मराज थापाको अध्यक्षतामा स्थापना भएको यस प्रतिष्ठानले हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीका दिन कृष्ण भजन प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा यसअघि कृष्ण भजन मात्रै गाउन दिइदै आएको थियो । तर यस वर्ष भने कृष्ण भजनसँगै महाभारतलाई पनि कथा वस्तु बनाएर भजन गाउन पाईने बनाइएको उनले बताईन् ।
प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीय हुनेले ७५ हजार, तृतीय हुने समुहले ५० हजार, सान्त्वना हुने समुहले २५ हजार र प्रत्येक सहभागी समुहले ५÷५ हजारका दरले प्रोत्साहन पुरस्कार प्राप्त गर्ने प्रचार प्रसार उपसमितिका संयोजक संजय थापाले जानकारी दिए ।
प्रतियोगिता आयोजनाका लागि १६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







