पोखरा, साउन ३०
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पोखरामा पनि शुक्रबार मिलिनियम च्यालेञ्ज कर्पोरेसन कम्प्याक्ट (एमसिसी)बिरुद्द जनप्रदर्शन गरेको छ । विप्लव नेतृत्वको नेकपाले अमेरिकन सहयोग परियोजना एमसीसीबिरुद्द पोखरामा नाराबाजीसहित जनप्रदर्शन गरेको हो ।

पोखराको मानवअधिकार चोकबाट महेन्द्रपुलको हुलाक अगाडिसम्म ¥यालीसमेत आयोजना गरिएको थियो । प्रदर्शनमा सहभागीहरुले एमसीसी परियोजना खारेज गर, नो एमसीसी, वैदेशिक हस्तक्षेप अन्त्य गरौं, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं,लगायतका नाराहरु लगाएका थिए ।
नेकपाकी पोलिट्ब्यूरो सदस्य तथा कास्की जिल्ला ईञ्चार्ज आस्था सीले एमसीसी विकासका नाममा सैन्य हस्तक्षेप गर्नका लागि आएको बताईन् । एमसीसीले नेपालका प्रमुख ठाउँमा स्टेशन बनाएर स्थानिय जनताको उठिवास लगाईरहेकोसमेत उनले दाबी गरिन् ।

नेकपा कास्की जिल्ला अध्यक्ष उमेश सिकेले एमसीसीका कारण नेपाली जनताको स्वाधिनतामा आँच आएको बताए । त्यसैले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि एमसीसीबिरुद्द प्रदर्शन गरेको उनको भनाई थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य कुमार सी, विद्यार्थी नेता प्रकाश सीलगायतले एमसीसीले नेपालमा पार्ने दूरगामी प्रभावबारे बोलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १४ नेपाली कांग्रेस ईतर पक्षका नेता प्रकाशशरण महतले नेतृत्व…







