बाटुलेचाैरमा आयाेजित राष्ट्रिय कृष्ण भजन प्रतियोगितामा बडहरवोट भजन समुह प्रथम


     एभरेस्ट आवाज    
     श्रावण ३१ गते २०८२ मा प्रकाशित




पोखरा 

पोखराको बाटुलेचौरमा भएको श्री कृष्ण राष्ट्रिय भजन प्रतियोगितामा बाटुलेचौरको बडहरवोट भजन समुह प्रथम भई नगद १ लाख र प्रमाणपत्र प्राप्त गरेको छ।

शुक्ला साहित्य प्रतिष्ठानले श्री कृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरेको २६ संस्करणको प्रतियोगिता प्रतियोगितामा द्वितीय तनहुँ शुक्ला गण्डकीको  महेश्वर खनाल भजन समुह, तृतीय हेम्जाको मातृकेश्वर भजन समुह र  भद्रकाली खैंजडी भजन समुह र धर्मस्थली भजन समुहलले सान्त्वना स्थान प्राप्त गरेको छ ।उनीहरूले नगद ७५ हजार र प्रमाणपत्र,५० हजार र प्रमाणपत्र, र २५ हजार र प्रमाणपत्र प्रदान गरिएको प्रचार प्रसार संयोजक सञ्जय थापाले जानकारी दिए। प्रतियोगितामा तनहुँ, स्याङ्जा, धादिङ लगायतका विभिन्न जिल्लाबाट १६ टोलीले सहभागिता जनाएका थिए। सहभागी टिमलाई प्रोत्साहन स्वरुप जनही नगद ५ हजार र सहभागीताको प्रमाणपत्र प्रदान गरिएको छ । सहभागी भजन टोलीको प्रस्तुती मुल्यांकन भने लोकदोहोरी कलाकारले गरेका  थिए। लोकदोहोरी गायक जीवन दाहाल, तारापति सुवेदी, सरला लामिछाने’सरू’ र  प्रेमराज अधिकारीले मुल्यांकन गरेका हुन्।नतिजाको घोषणा लोकदोहोरी गायक जीवन दाहालले गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।