श्री कृष्ण भगवानको प्रकट्य दिवसको अवसरमा`शिक्षा क्षेत्रमा गीता ज्ञानको आवस्यक” विषयक वक्तृत्वकला प्रतियोगिता, रामज्योति मा.वि. की छात्रा स्वेच्छा परियार प्रथम


     एभरेस्ट आवाज    
     भाद्र १ गते २०८२ मा प्रकाशित




पोखरा । कृष्ण भगवानको जन्मोत्सव (प्राकट्य दिवस)को अवसरमा पोखरा महानगरपालिका वडा नम्बर २६ देखि ३३ भित्रका २७ वटा माध्यमिक विद्यालयका विद्यार्थीबीच “शिक्षा क्षेत्रमा गीता ज्ञानको आवश्यकता” विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा २९ जना विद्यार्थी सहभागी भएका थिए। उत्कृष्ट प्रस्तुतिका आधारमा विजेताहरूलाई नगद पुरस्कार प्रदान गरिएको थियो। प्रथम स्थान रामज्योति मा.वि. वडा नम्बर २६ की छात्रा स्वेच्छा परियारले हात पारिन्। उनलाई नगद रु. ११,१११/- प्रदान गरिएको थियो। दोस्रो स्थानमा जनप्रकाश मा.वि. वडा नम्बर २९ की अनुषा काफ्ले रहेकी थिइन्। उनले रु. ९,५००/- प्राप्त गरिन्। तेस्रो स्थानमा गोगन मा.वि. वडा नम्बर ३२ की सुजाता पौडेलले रु. ७,५००/- पुरस्कार प्राप्त गरिन्।

त्यसैगरी टेकबहादुर शर्मा (त्रिभुवन शान्ति नमुना मा.वि. वडा नं. २९), हेजल लम्साल (शिलशिला बोर्डिङ स्कुल वडा नं. ३१), दिप्ती आचार्य (सिद्धिविनायक मा.वि. वडा नं. २९), ओजस्वी पौडेल (नेपाल आदर्श मा.वि. वडा नं. २९), जेसिका गुरुङ (ज्ञानज्योति विद्या कुञ्ज मा.वि. वडा नं. ३२) र कृति पौडेल (त्रिवेणी पब्लिक एजुकेसन एकेडेमी वडा नं. २७) लाई प्रतिव्यक्ति रु. २,०००/- का दरले प्रोत्साहन पुरस्कार प्रदान गरिएको गीता अध्ययन प्रतिष्ठान नेपालका अध्यक्ष दुर्गा न्यौपानेले जानकारी दिइन् ।

कार्यक्रममा सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्रसहित गीताको पुस्तक प्रदान गरिएको थियो। गीता अध्ययन प्रतिष्ठान नेपालको आयोजनामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्य जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख लोकनाथ आचार्यले गरेका थिए। चितवनका गीतानुरागी हरिहर भक्तियोगी विशेष अतिथि र कृष्ण अधिकारी अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रमको निर्णायकमा डा. भोला नारायण रेग्मी, तिलक पौडेल र पार्वता पौडेल सहभागी थिए। साथै, प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई गीता अध्ययन प्रतिष्ठान नेपालका राजदूत (Ambassador) घोषणा गरिएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।